बिज्ञान र प्रबिधिमा राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल बाल बैज्ञानः प्रान्जल
बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित

दलबहादुर सुनार
बर्दिया, भदौ ९ / बढैयातालका बाल बैज्ञानिक प्रान्जल ज्ञवाली बिज्ञान र प्रबिधिमा राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएका छन् ।
कोरोनाको पहिलो लहरको प्रभाबले लामो समयसम्म बिद्यालय लगाएतका सबै क्षेत्र बन्द भएको अवस्थामा नयाँ नयाँ सामानको अबिस्कार गरेका बढैयाताल गाउँपालिका–८ बर्मेली टोलका १५ बर्षे बालक प्रान्जल ज्ञवालीले अहिले आफ्नो प्रतिभालाई राष्ट्रिय स्तरमा पहिचान गराउन सफल भएका हुन् ।

बिज्ञान शिक्षक समाज नेपाल र यूनेस्कोको नेपाल राष्ट्रिय आयोगको सचिवालय बिच भएको सम्झौता अनुसार आर्थिक वर्ष २०७७/२०७८ का लागि बिद्यालय स्तरीय एसटिएन–यूनेस्को बिज्ञान बिद्यार्थी प्रतिभा पहिचान कार्यक्रम २०२१ अन्र्तगत बिज्ञान शिक्षक समाज नेपालद्धारा आयोजित बिज्ञान सामाग्री निमार्ण र खुल्ला प्रदर्शन प्रतियोगितामा उनी उत्कृष्ट प्रतियोगि भएका छन् ।

गत शनिबार राष्ट्रिय स्तरमा ७ वटै प्रदेश बिच भएको बिज्ञान सामाग्री निमार्ण र खुल्ला प्रदर्शन प्रतियोगितामा लुम्बिनी प्रदेशका श्री भवगती संकस्कृत तथा साधारण माबि बढैयाताल ८ तिलकानामा कक्षा १० मा अध्ययनरत छात्र प्रान्जल ज्ञवालीले बाँकि ६ वटा प्रदेशका १३ जना प्रतिस्प्रधिलाई पछि पार्दै प्रथम स्थान हासिल गर्न सफल भएको पारिवारिक श्रोतले जनाएको छ ।

कक्षा १० सम्म अध्ययन गर्ने बिद्यार्थीहरुमा भएको बिज्ञान प्रतिभा प्रदर्शन गरि राष्ट्रिय तथा अन्र्तराष्ट्रियकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सात वटै प्रदेशबाट २/२ जनाको दरले १४ जना बिद्यार्थीले उक्त प्रतियोगितामा भागलिएका थिए । नास्ट प्राज्ञ तथा यूनेस्को बिज्ञान समितिका संयोजक प्राध्यापक डा. रमेश मास्कोको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बिज्ञान प्रज्ञा प्रतिष्ठान नास्टका बरिष्ठ बैज्ञानिक तथा प्रबक्ता डा. सुरेशकुमार ढुंगेल, यूनेस्को नेपालक सचिवालयका सहायक महासचिब डा. बाबुराम अधिकारी, त्रि.बि.का प्राध्यापक डा. रामेश्वर अधिकारी, सचिवालय सचिब युवराज पौडेल लगाएत देशैभरिबाट करिब सय जना भन्दा बढी बिज्ञान शिक्षक बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

बिज्ञान शिक्षक समाज नेपालका अध्यक्ष शिल कुमार प्रधानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा श्री भगबति संस्कृत तथा साधारण माबि बढैयाताल ८ तिलकानाका प्रान्जल ज्ञवाली प्रथम भएका थिए । होराइजन माबि कपिलबस्तुका अनुसन्धान पोखरेल द्धितिय, श्री आदर्श माबि बिराट नगरका श्रेता पोखरेल तृतिय र श्री पद्मकन्या माबि काठमाण्डौका स्वीकृति बास्तोला चतुर्थ भएको संस्थाले जनाएको छ ।

बालबालिका भित्र रहेका अन्र्तनिहित बिभिन्न प्रतिभालाई स्थानिय तहदेखि राष्ट्रिय स्तरसम्म प्रदर्शन गर्ने अवसरको सिर्जना गर्न, उनीहरुको प्रतिभालाई संरक्षण, प्रर्वद्धन र बिकासको लागि स्थानिय सरकार खेखि संघिय सरकारले नीति तथा कार्यक्रममा संबोधन गर्न जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय