सशस्त्र प्रहरी द्वारा अबैध माछा नष्ट
बिहिबार, भदौ १०, २०७८ मा प्रकाशित

दलबहादुर सुनार
बर्दिया, भदौ १० / सशस्त्र प्रहरी बल नेपाल बिओपी कण्ठपुरले अबैध माछा नियन्त्रणमा लिई नष्ट गरेको छ ।

अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा बिओपीका गस्ति टोलिले करिब ५० किलोग्राम माछा बुधबार ५५ नम्बर पिल्लर नजिकबाट नियन्त्रणमा लिएको हो ।

ब्यापारी प्रयोजनको लागि भन्सार छली नेपालतर्फ ल्याउदै गरेको अवस्थामा बैकरा जातको माछा मुल्य रु १२ हजार बराबरको छ ।

नियन्त्रणमा लिएका माछा वडा नम्बर ८ का सदस्य अर्जुन थापा र कालिका प्रहरी चौकीका प्रतिनिधि र स्थानियको रोहबरमा नष्ट गरिएको बिओपी कण्ठपुरका सशस्त्र प्रहरी निरीक्षक नबिन बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर