बर्दियामा लागु औषधसहित दुई पक्राउ
शुक्रबार, भदौ ११, २०७८ मा प्रकाशित

बर्दिया, भदौ ११ (फरकसमाचार) / लागु औषधसहित प्रहरीले दुई जनालाई बिहीबार पक्राउ गरेको छ ।

गुलरिया नगरपालिका–११ लालपुर गाउँ स्थित सडकबाट प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको हो । गेरुवा गाउँपालिका–२ बस्ने २३ वर्षिय राजेश थारु र २३ वर्षिय अमित बिक पक्राउ परेका छन् । दुबै जना शंकास्पद रुपमा हिडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई खानतलासी गर्दा लागु औषध नाईट्राभेटका ट्याब्लेट फेला परेको हो ।

उनीहरुको साथबाट ५३ वटा नाईट्राभेटका ट्याब्लेट फेला परेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीका उल्लेख छ ।

प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरी टोलीले दुवैलाई नियन्त्रणमा लिएको हो । प्रहरीले दुवैलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय