बाढीले बर्दियाका अधिकांश भाग डुवानमा
शनिबार, भदौ १२, २०७८ मा प्रकाशित

पर्यटकीय गन्तव्य आवागमन सहज भएको औराही खोलाको पुलको पूर्ब पट्टिको सडक बाढीले भत्काउँदा आवागमन ठप्प ।

बर्दिया, भदौ १२ (फरकसमाचार)

दुई दिन देखि लगातार वर्षातले बर्दियाका साना ठुला नदीमा पानीको सतह बढेको छ । लगातार भएको वर्षातले गुलरिया, मधुवन र बारबर्दिया नगरपालिकाका अधिकांश गाउँमा बाढीको जोखिम बढेको छ । मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिका जोड्न औराही पुलको पुर्व पट्टिको सडक खोलाले भत्काएको छ ।

लगातार भएको वर्षातले खोलामा पानीको सतह बढेको छ । खोलामा पानी बढ्दा बाटो भत्काएको स्थानीय अनिल थारुले बताए । बाटो भत्काएपछि यात्रुहरुलाई आवागमन गर्न समस्या भएको छ । पक्की पुलको सडक भत्किदा पैदल यात्री झुलुङ्गे पुल भएर यात्रा गरेका छन् भने सवारी साधन पुर्ण रुपमा रोकिएको एसपी ईश्वर कार्कीले बताए ।

उनका अनुसार बाटोको पुर्ण मर्मत सम्भार नभएसम्म सवारी साधन आवागमन ठप्प रहने छ । मधुवन र ठाकुरबाबा नगरपालिका जोड्ने सेतु मानिएको औराही पुलको बाटो भत्किदा सवारी साधन अलपत्र परेका छन् । औराही पुलको बाटो भत्किदा मधुवनको सवारी साधन लामो दुरी पार गरेर ठाकुरद्वारा पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

नदीमा पानीको सतह बढेसंगै तटिय तथा डुबान हुने क्षेत्रका बासिन्दाहरु सर्तक रहन प्रशासनले सुचना जारी गरेको छ । नदीमा पानीको बहब बढेकोले नदीमा नुहाउन, माछा मार्न र काठ दाउरा छोप्न नजान अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार देखि शनिबारसम्म भारी वर्षात हुने सम्भावना रहेको सुचना जारी गरेको छ ।

२०७१ साल असार अन्तिम साता तीन दिन लगातार पानी प¥र्यो । असार २९ गते बबई भेल बस्ती पस्यो । गुलरिया, मधुवन र बारबर्दिया नगरपालिकाका अधिकांश गाउँमा बबई नदीले ताण्डव मच्यायो । बबई नदीले तटबन्ध भत्काएर गुलरिया नगरपालिकाको रामपुर टप्पर गाउँ नै बगायो । एकै गाउँका ६ जनालाई बाढीले बगायो ।

बबई नदी तटिय क्षेत्रबाट बाढीमा फसेका ५४ जनालाई सुरक्षकर्मीले उद्धार गरेका थिए ।

कर्णाली नदी अव्यस्थित गरी गरिएको तटबन्धको कारण राजापुर बजार देखी छेउछाउँका बस्ती बाढी पस्ने हो कि भन्ने जोखिम बढेर गईरहेको छ । चुरेक्षेत्रमा अत्याधिक बर्षा भएकाले जलस्तर बढेको छ । सुर्खेत र दाङ लगायतका ठाउँमा भारी वर्षा भएका बाढी आउँने सकेत पूर्वाअनुमाान गरिएको छ ।

२०७१ सालको बाढीमा एक हजार घर डुवानमा ३४ जना बाढीमा बगेको स्थानीय प्रशासनको रेकर्डमा उल्लेख छ । गुलरियाको वालापुर, सन्तोषी टोल र पशुहाटबाट बबई नदि पसे पछि गुलरिया अधिकांश भाग डुवेको थियो । २०७४ सालमा बाढीले निरन्तरता दिदा सयौ घर परिवार घर विहिन भएका थिए ।

भारतीय पक्षले सीमा क्षेत्रका बाध बन्द गरिदिदा नेपालको भूमि डुवान पर्ने गरेको स्थानीय बताउँछन् ।

भारतीय पक्षले जलस्तर बढ्दै गएमा बाध बन्द गर्छ’थपुवाका राम बहादुर चौधरीले भने,‘जलस्तर बढ्दै गयो भने भारतीय पक्षले बाध बन्द गर्दा नेपाली भुभाग डुवान र कटान गर्छ ।’बर्दियाको अधिकांश भाग डुुबानमा पर्ने कारण भारतीय पक्षले निर्माण गरेको गोपिया र गिरिजापुरी बाध हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय