देशको अधिकांश भूभागमा भारी वर्षाको सम्भावना
शनिबार, भदौ १२, २०७८ मा प्रकाशित

आज देशको अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा र बाँकी प्रदेशका एकदुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यसै गरी राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय