निकुञ्ज अन्र्तगत राजमार्ग किनारको झाडी सफाई
आइतबार, भदौ १३, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया,भदौ १३

बर्दिया राष्ट्रिय निकुञ्जले पूर्व पश्चिम राजमार्गको अम्रेनी देखि कर्णाली चिसापानी सडक खण्डमा रहेको झाडी सफाईको काम शुरु भएको छ । गत सोमबार ‘झाडी सफाई नहुँदा राजमार्गमा आवागमन ज्यानको जोखिम’भन्ने शिर्षकमा फरकसमाचार राष्ट्रिय दैनिकमा समाचार प्रकाशित भएपछि झाडी सफाई काम शुरु भएको हो ।

समाचार प्रकासित भएपछि बर्दिया राष्ट्रिय निकुञ्जले प्राथमिकताका साथ यात्रु तथा बन्यजन्तुको सुरक्षालाई मध्यनजर गर्दै सडक बाटोको किनारमा रहेको झाडी सरसफाईको काम अघि बढाएको छ ।

सर्वसाधरण ज्यान जाने गरी राजमार्ग छेउ हुर्किरहेका झाडी सफाई शुरु भएको निकुञ्जले सामाजिक संजाल फेसबुक वालमा पोष्ट गरेर जानकारी गराएको छ । झाडी सफाईले आवागमनमा थप सहज हुने विश्वास यात्रीले लिएका छन् ।

राजमार्गको किनारमा रहेको झाडीले बन्यजन्तु र सवारी साधनको दुर्घटना हुने सम्भावना उच्च रहेको थियो । आवागमन गर्ने यात्रुहरु बन्यजन्तुको सुरक्षाको लागि सवारी साधन विस्तारै चलाउनु पर्ने र विस्तारै साईकल, मोटरसाईकल चलाउँदा कति बेला बन्यजन्तुको आक्रमणमा पर्ने त्रास थियो ।

पक्की सडकमा झांगिएको झाडीले छेउमा बन्यजन्तु लुकेर बसेको थाहा नहुने अवस्था रहेको थियो । सडकको किनारमा लुकेर बसेका बन्यजन्तुले जुन बेला पनि आक्रमण गर्न सक्ने स्थिती थियो ।

झाडी सफाईको काम शुरुभए पनि कति दिन लाग्ने अन्योल छ । फरकसमाचारका संवाददाताले निकुञ्ज प्रशासनले झाडी सफाई गर्न कति जनशक्ति खटाएको छ र कति दिनमा झाडी सफाई सकिन्छ भन्ने विषयमा जानकारी लिन फोन गर्दा निकुञ्जका प्रवक्ता असिम थापाको मोबाइल फोन उठेन ।

झाडी सफाई नहुदा सर्वसाधरणले आफ्नो ज्यानको जोखिम मोलेर यात्रा गर्नु परेको थियो । बर्दिया राष्ट्रिय निकुञ्ज भएर राजमार्गमा यात्रा गर्दा ज्यानको जोखिम मोल्न परेपनि सम्बन्धित निकाय यति दिनसम्म मौन बसेको अवस्था थियो । तर नियमनकारी निकाय निकुञ्ज, सडक डिभिजन कार्यालय सडक छेउ छाउँ सरसफाईमा वेवास्ता गरेको नकारात्मक सन्देश फैलिएको थियो । निकुञ्जले झाडी सफाईको काम सुरु गरेपछि यात्री खुसी भएका छन् ।

निकुञ्जले हुर्किरहेका झाडी सफाई सुरु गर्दा सराहनीय काम गरेको भन्दै धेरैले पं्रशसा समेत गरेका छन् । दैनिक राजमार्गमा चलाउँने सानो सवारी साधनका चालकले राजमार्गमा बाघ भेटिदा त्रास बढेको सवारी चालक राम बिसीले बताए ।

‘हामी त बन्द गाडीमा त डराउँछौं उनले भने,तर सर्वसाधरणलाई आवागमा कति त्रास छ, त्यो आफै मोटरसाईकल र साईकलमा हिड्नेलाई थाहा होला । निकुञ्जले टाईमा कार्ड लागु गरेपछि बिस्तारै हिड्न पर्ने बाध्यताले बाघको शिकार सर्बसाधरण हुनु परेको उनले गुनासो गरे । २२ मिनेटमा निकुञ्ज प्रशासनले तोकेको दुरी पार गर्न समय तोकेको छ ।

आवागमन कर्ताका अनुसार राजामार्गमा दैनिक जंगलको राजा(पाटे बाघ) भेटिने गरेको छ । मान्छेलाई लक्षित गरेर झम्टिने जंगलको राजा(पाटे बाघ)का कारण आवागमन कर्ता त्रसिने गरेको समेत आवागमन कर्ताको गुनासो छ ।

निकुञ्ज अन्र्तगतको राजमार्ग क्षेत्रमा पर्ने बाघको आक्रमणको कारण दुई जना सर्वसाधरणको ज्यान गएको छ । पाटे बाघले आक्रमण गर्दा मोटरसाईकलमा सवार एक जनाको ज्यान गईसकेको छ भने अर्को घटना पुस १७ गते मोटरसाईकलमा सवार लम्की चुहा नगरपालिकाकी नन्दकला थापालाई बाघले झम्टेर यसअघि आहारा बनाएको छ ।

बाघको संख्या अत्याधिक बढेर १ सयको हाराहारीमा पुगेको निकुञ्ज कर्मचारीको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय