बेवारिसे सामान बरामद
आइतबार, भदौ १३, २०७८ मा प्रकाशित

बर्दिया, भदौ १३ (फरकसमाचार) / भारतबाट भन्सार छली ल्याई बेवारिसे अवस्थामा राखिएको अबैध सामान प्रहरीले शनिबार बरामद गरेको छ । गुलरिया नगरपालिका–११ स्थित सडक छेउमा राखिएको सामान बरामद भएको हो ।

प्रहरीका अनुसार बरामद बेवारिसे सामान र साईकल मुल्य रु १७ हजार ९० बराबरको छ । प्रहरी चौकी गणेशपुरबाट खटिएको गस्ती टोलीले बेवारिसे सामान बरामद गरेको हो ।

प्रहरीले बरामद गरेको सामान कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय