बेवारिसे सामान र काठ बरामद
आइतबार, भदौ १३, २०७८ मा प्रकाशित

बर्दिया, भदौ १३ (फरकसमाचार) / बेवारिसे अवस्थामा राखिएको सामान र काठ प्रहरीले बरामद गरेको छ । सिमा प्रहरी चौकी मथुराबाट खटिएको गस्ती टोलिले गुलारिया नगरपालिका–९ स्थित सडक छेउमा बेबारिसे अवस्थामा राखिएको काठ आईतबार बरामद गरेको छ । प्रहरीले ४.६२ क्यू फिट साल जातको काठ मुल्य रू. १८ हजार बराबरको फेला पारेको हो । फेला परेको काठ डिभिजन वन कार्यालय गुलरियामा बुझाईएको छ ।

त्यसैगरी प्रहरी चौकी जमुनीबाट खटिएको गस्ती टोलीले जिल्ला बर्दिया बढैयाताल गाउँपालिका –१ ठुलो डाँफे नजिक वेवारीसे अवस्थामा थुपारी राखेको सामान मुल्य रु १० हजार ३ सय ६० बराबरको बरामद भएको छ । बरामद सामानमा चिनी र भेली रहेको छ । बरामद सामान राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय