पर्यटकीय गन्तव्य जोड्ने सडक सुचारु
सोमबार, भदौ १४, २०७८ मा प्रकाशित

बर्दिया, भदौ १४ (फरकसमाचार)

औराही पुलको पुर्व तर्फको भत्किएको सडक पुनःमर्मत सम्भार भई संचालनमा आएको छ । लगातार भएको वर्षातले पर्यटकीय गन्तव्य ठाकुरद्वारा र मधुवन नगरपालिका जोड्न औराही खोलामा रहेको पक्की पुल छेउको सडक शुक्रबार भत्किदाँ सवारी साधन अलपत्र परेका थिए । बाटो भत्काएपछि यात्रु र सवारीलाई आवागमन गर्न समस्या भएको थियो ।

पक्की पुलको छेउको सडक भत्किदा पैदल यात्री झुलुङ्गे पुल भएर यात्रा गरेका थिए । तर सवारी साधन पुर्ण रुपमा रोकिएका थिए । मधुवन नगरपालिकाका नगर प्रमुख गणेश बहादुर केसीले सोही दिन भत्किएको सडकको अनुगमन गरेका थिए ।

सडकको अनुगमन गरेका नगर प्रमुख केसीले सडकको मर्मत सम्भार गरी छिटो भन्दा छिटो संचालन ल्याउन निर्देशन दिएका थिए । दुई दिनमा सडकको मर्मत सम्भार भई संचालनमा आएको छ । सडक मर्मत सम्भार भएपछि सवारी साधन चलाउँन सहज भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय