१ लाख ४१ हजार ७ सय ६० बराबरको अबैध सामान बरामद
सोमबार, भदौ १४, २०७८ मा प्रकाशित

बर्दिया, भदौ १४ (फरकसमाचार) / भारतबाट अबैध रुपमा नेपाल ल्याउदै गरेको सामान सशस्त्र प्रहरीले आइतबार बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेड क्वाटरको मातहत बिओपिबाट खटिएको गस्ती टोलीले सामान बरामद गरेको हो । अबैध रुपमा नेपाल ल्याउँदै गरेको मुल्य रु १ लाख ४१ हजार ७ सय ६० बराबरको सामान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद सामानमा चिनी, भेली, सिसाको कचौरा, गिलास, सालको काठ र भारतीय नम्बर प्लेटको १ वटा मोटरसाईकल रहेको छ । प्रहरीले उक्त अबैध सामान बरामद गरी आवश्यक कारवाहीको लागि सम्बन्धित कार्यालयमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय