बर्दियामा सशस्त्र प्रहरीद्वारा जंगली चितलको सकुशल उद्वार
मङ्गलबार, भदौ १५, २०७८ मा प्रकाशित

बर्दिया, भदौ १५ (फरकसमाचार) / सशस्त्र प्रहरीले सोमबार जंगली चित्तलको सकुशल उद्वार गरेको छ ।

मधुवन नगरपालिका–३ भगरैया स्थित सम्झना सामुदायिक वनबाट घाईते चित्तलको सकुशल उद्वार गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणको मातहत बिओपि भगरैयाको मुलगेटमा डिउटी बसेका सशस्त्र प्रहरीले घर पालुवा कुुकुरले चित्तललाई लखेटी रहेको देखे । चित्तललाई कुकुरले मार्न लागेको खबर गरे ।

चित्तललाई कुकुरले मार्ग लागेको खबर पाउन साथ बिओपि भगरैयाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक मगरु चौधरीको नेतृत्वमा ५ जनाको टोली खटि जंगली चित्तलको उद्वार गरिएको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले बताए ।

कुकुरले गम्भिर घाईते बनाएका चित्तललाई टोलीले उद्वार गरि बिओपिमा ल्याएर सामान्य उपचार पछि डिभिजन बन कार्यालय गुलरियाका बन रक्षक रफिक साईको टोलीलाई जिम्मा लगाएको उपरीक्षक रावतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय