प्रदेश १ मा नयाँ सरकार बनाउन छलफलमा जुट्यो विपक्षी गठबन्धन
बिहिबार, भदौ १७, २०७८ मा प्रकाशित

विराटनगर, भदौ १७ / सत्तारूढ एमालेका १० जना सांसदले एकीकृत समाजवादी दल रोजेलगत्तै प्रदेश १ मा बहुमत कायम गरेको विपक्षी गठबन्धनले नयाँ सरकार गठनबारे तयारी थालेको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक मञ्च सम्मिलित प्रदेशको विपक्षी गठबन्धनले आगामी रणनीति तय गर्न आजदेखि छलफल थालेका हुन्।

अहिले विराटनगरमा पाँच दलीय गठबन्धनको बैठक सुरू भएको छ।

‘आगामी रणनीति तय गर्न हामी छलफलमा जुटेका हौं’, माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्र आङ्बोले भने,‘बैठकले कसरी अघि बढ्ने निर्णय लिनेछ।’

विराटनगरस्थित प्रदेशसभा सचिवालयमा बैठक सुरू भएको उनले जानकारी दिए।

१० सांसदले नेकपा समाजवादी रोज्दै सनाखत गरेपछि एमाले नेता भीम आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको छ।

प्रदेशसभामा अहिले नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन्।

राप्रपाकी इन्दिरा राईबाहेक सबै विपक्षी गठबन्धनमा आबद्ध रहेकोले गठबन्धनको पक्षमा ५० सांसद पुगेका छन्। सत्तारूढ एमालेसँग अहिले प्रदेशसभामा मत संख्या ३९ मात्रै रहेको छ।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय