काठमाडौं, भदौ १८ / वडा अधिवेशन शुभारम्भ " />
वडा अधिवेशन शुभारम्भ गर्न भक्तपुर पुगे देउवा
शुक्रबार, भदौ १८, २०७८ मा प्रकाशित
काठमाडौं, भदौ १८ / वडा अधिवेशन शुभारम्भ गर्न प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा भक्तपुर पुगेका छन्।

आजदेखि कांग्रेसले वडा अधिवेशन गर्दैछ। भक्तपुरमा वडा अधिवेशन आजदेखि सुरू हुने र निर्वाचन भने भदौ २१ गतेका लागि तय गरिएको छ।

प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले वडा अधिवेशन शुभारम्भका लागि देउवा भक्तपुर पुगिसकेको बताए।

देउवा सूर्यविनायक नगरपालिका क्षेत्रका वडामा हुने वडा अधिवेशन शुभारम्भ गर्न पुगेका हुन्। वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि वडा अधिवेशनबाट चयन हुनेछन्।

कांग्रेसले आज देशभरका छ हजार सात सय ४३ वडामै अधिवेशन गर्ने भने पनि ५६ जिल्लाका विभिन्न वडामा मात्रै अधिवेशन हुने भएको छ।

भदौ २७ मा गाउँ/नगर अधिवेशन रहेकोले त्यसअगाडि नै वडा अधिवेशन सक्नुपर्ने बाध्यता कांग्रेसलाई छ। सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय