विद्यार्थीलाई बाघको आक्रमणबाट जोगाउन बस सेवा संचालन
शुक्रबार, भदौ १८, २०७८ मा प्रकाशित

बर्दिया, भदौ १८ / विद्यार्थीलाई बाघको आक्रमणबाट जोगाउन क्याम्पसले बस सेवा संचालन गरेको छ ।

ठाकुरबाबा नगरपालिकास्थित बगनाहामा रहेको चुरे क्याम्पसले विद्यार्थीलाई वन्यजन्तुको आक्रमणबाट सुरक्षित राख्न बस सेवा संचालनमा ल्याएको हो । चुरे क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु टाढाबाट आउँने गर्छन् । क्याम्पस आउँदा बाटोमा वन जंगल पर्छ । विद्यार्थीहरु क्याम्पस जाँदा बन्यजन्तुको आक्रमणमा पर्ने जोखिम रहेको थियो । अघिल्लो वर्ष देखि निकुञ्ज मध्यवर्ती क्षेत्र अन्र्तगत बाघको आक्रमण रोकिएको छैन ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको यस क्याम्पसमा विद्यार्थीहरू छोटो बाटो प्रयोग गरी आउँदा जाँदा वन्यजन्तुको आक्रमणमा पर्ने जोखिम रहेकोले बस सेवाको व्यवस्था गरिएको सहायक क्याम्पस प्रमुख रुद्रबहादुर खड्काले बताए । क्याम्पसले जोखिमलाई मध्यनजर गरेर विद्यार्थीलाई जोगाउन बस सेवा संचालन गरेको हो ।

ठाकुरद्वाराबाट बगनाहा क्याम्पससम्म बस सेवा सञ्चालनमा हुने छ । बस सेवाबाट विद्यार्थी तथा अभिभावक खुशी भएका छन् । हाल कोभिड–१९ का कारण क्याम्पस संचालन नभए पनि शुक्रबारदेखि संचालन हुने स्नातक दोस्रो वर्षको परीक्षालाई सहज हुुने उल्लेख गर्दै बस सेवालाई मधुवन नगरपालिकाको सूर्यपटुवा ओराली हुँदै बगनाहा क्याम्पससम्म पु¥याइने सहायक प्रमुख खड्काले जानकारी दिए । स्रोत रासस

प्रतिक्रिया

सम्बन्धित खवर