गुलरिया नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग
शनिबार, भदौ १९, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, भदौ १९

नेपाली कांग्रेस महासमितिका सदस्य जन्मजय तिमिल्सिनाको पहलमा गुलरिया नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य सेवा विभागबाट प्राप्त स्वास्थ्य सामाग्री तिमिल्सिनाद्वारा नगरपालिकालाई हस्तान्तरण गरिएको हो । नगरपालिकालाई हस्तान्तरण स्वास्थ्य सामाग्री मुल्य रु ५ लाख बराबर रहेको तिमिल्सिनाले बताए ।

गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले स्वास्थ्य सामाग्रीको हामीलाई अभाव छ, भनेर आग्रह गरेका थिए । नगर प्रमुख यादवले आग्रह गरेपछि आफुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागमा स्वास्थ्य सामाग्री उपलब्ध गराउँन पहल गरेको उनले बताए ।

स्वास्थ्य सामाग्रीमा सर्जिकल मास्क १० हजार पिस, स्यानिटाईजर २५ लिटरको २ जार गरी ५० लिटर, केनाईन्टिफाइभ मास्क १ हजार पिस र फेससिल्ड २ सय पिस रहेको छ । तिमिल्सिनाले उक्त स्वास्थ्य सामाग्री गुलरिया नगरपालिकाका नगर प्रमुख यादव र प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटालाई शुक्रबार हस्तान्तरण गरेका छन् ।

सामाग्री बुझ्दै नगर प्रमुख यादवले भने, ‘गुलरियाबाट केन्द्रमा धेरै राजनिति गर्ने व्यक्तिहरु हुनुहुन्छ । तर कसैले पहल गरेर गुलरिया नगरपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध नगराएको बताए ।’ तिमिल्सिनाको राजनिति क्षेत्र नम्बर २ भए पनि गुलरिया नगरपालिकालाई माया गरेर सामाग्री उपलब्ध गराएकाले नगर प्रमुख यादवले धन्यवाद दिए ।

जिल्लाबाट राजनिति गर्ने तिमिल्सिनाको पहलमा पहिलो पटक स्वास्थ्य सामाग्री नगरपालिकालाई उपलब्ध भएको बताए । यस सामाग्रीले तेस्रो लहरको भाईरस आए सामना गर्न धेरै सहयोग मिल्ने नगर प्रमु्ख यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय