साथी संस्थाको बढैयातालमा परिचयात्मक कार्यक्रम
शनिबार, भदौ १९, २०७८ मा प्रकाशित

दलबहादुर सुनार
बर्दिया, भदौ १९  / साथी संस्थाले जिल्लामा संचालन गर्ने कार्यक्रम तथा बजेटको बारेमा शुुक्रबार बढैयातालमा जानकारी मुलक परिचयात्मक कार्यक्रम गरेको छ ।

कोभिड–१९ महामारीमा बालिका तथा यूवा विरुद्ध हुने यौन शोषण बेचबिखन रोकथाम परियोजनाको जानकारी गराउने उद्देश्यले सरोकारवालाहरुसंग परिचयात्मक कार्यक्रम गरेको हो ।

प्लान ईन्टरनेशनलकी परियोजना संयोजक कमला राईले परियोजनाको उद्देश्यको बारेमा जानकारी गराएकी थिईन् । बर्दियाका परियोजना अधिकृत कुलराज दहितले बर्दिया जिल्लाका भारतिय सिमासंग जोडिएका राजापुर नगरपालिका, मधुबन नगरपालिका, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा संचालन हुने परियोजनाका क्रियाकलाप तथा बजेटको बारेमा जानकारी गराएका थिए ।

साथी संस्थाकी कार्यक्रम संयोजक सरस्वती शार्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष दीपाकुमारी गौतम, प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदी, वडा न. २ का अध्यक्ष काजीमान सुनार, लैगिक हिंसा निगरानी समुह बढैयातालका संयोजक तथा सारदा क्याम्पसका अध्यक्ष प्रेमराज त्रिपाटी लगाएतले कार्यक्रमको शुमकामना तथा कार्यक्रमलाई प्रभाबकारी रुपमा संचालन गर्नुु पर्ने सुझाब दिदै बालबालिका बिरुद्ध हुने यौन जन्य हिंसा तथा अन्य हिंसा रोकथामका लागि पालिकाको पनि सक्रिय भुमिका हुनु पर्ने, यो अभियानमा सबै सरोकारवाला र नागरिक समाजको पनि महत्वपूर्ण भुमिका हुन पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय