हरितालिका तिज विशेष कार्यक्रम
आइतबार, भदौ २०, २०७८ मा प्रकाशित

दर सँगै…टिक टक पनि…

राम प्रसाद चौहान

बर्दिया, भदौ २०

महिलाको महान् चाड हरितालिका तिज निजिकिएसँगै गाउँ र शहरमा महिला दिदि बहिनिको चहल पहल बढेको छ । पायक पर्ने बजारमा किनमेल गर्न महिला अग्रसर देखिन्छन् । सुख दुख बिसाउँन एक ठाउँमा जम्मा हुने महिला दरसँगै टिक टिक बनाउँन महिलाको पछिल्लो समय आर्कषण पनि बढ्दो पाईएको छ ।

दर पनि खाने टिक टिक बनाउँन श्रृङ्गारमा सजिएकी महिलाले सुनाईन् । ‘खाने मात्र कहाँ हो र ?’ उनले भनिन्,‘टिक टक बनाउँनु पर्छ । खाने पनि हो,कला प्रर्दशन बहाना पनि पाईएको छ ।’ टिक टक बनाउँन बुढालाई बोलाएको छु, खित्का छोड्दै हास्दै भन्दा उनीसँग दर खान निस्केका महिलाले समर्थन जनाए ।

पछिल्लो समय युवा पुस्तालाई आर्कषण बनेको टिक टिक संजालमा सबै बर्ग जातजाति र उमेर समुहलाई तानेको छ । टिक टकमा हुरुक्क भएर रेष्टुरा, होटल र पार्टी प्यालेसमा जम्मा हुने दरसँगै टिक टिक बनाउँन महिलाको मोह गडेको छ । तिजको दर खान मन्थ्यो, माइति घर जान मन्थ्योे, जेलैमा हो जेलैमा, चरि जेलैमा लगायतका गितमा यति वेला महिलाहरु नाच्ने र टिक टिक बनाउँन लागेको देखिन्छ ।

स्थानीय सरकारका जनप्रतिनिधिले महिलाको विशेष पर्वमा होटल वा रेष्टुरामा कार्यक्रम आयोजना हुनाले महिलाहरु दर खाने र टिक टिक बनाउँने लहर चलेको छ ।

नयाँ ठाउँ टिक टक बनाउँन आर्कषणको केन्द्र बन्दा महिलाका लागि टिक टक बनाउँन पनि सहयोग पुगेको छ । प्रत्येक वडा कार्यालयले तिज कार्यक्रमलाई बिशेष महत्व दिईरहेका छन् । नगर र वडामा महिलाको नेतृत्वमा भएकाले बिशेष प्राथामिकतामा राखेर दर कार्यक्रम आयोजना गरिरहेका छन् ।

महिलाको महान् पर्व हरितालिकामा भेटघाट,आत्मियता र सुख,दुख साटासाट गर्न दर कार्यक्रम माध्यम बनेको गुलरिया नगरपालिका– ७ कि अध्यक्ष गिता बस्नेतले बताईन् । ‘महिला दिदि बहिनिलाई चिन जान र रमाईलो गराउँनका लागि आयोजना दर कार्यक्रमले सहयोग पुग्छ’उनले भनिन्,‘चुलो चौकौ देखि जागिरमा व्यस्त महिलालाई यस्ता कार्यक्रममा सहभागी जनाउँदा खुसी हुन्छौ ।’ बर्षो पहिले देखि वर्षमा एक दिन भएपनि आफ्नो तर्फबाट पनि यस्ता कार्यक्रममा आफुले सक्रियता देखाएको उनले सुनाईन ।

दर कार्यक्रम उशृखल गतिबिधि गरेर समाजमा नकारात्मक छाप नदिन हुने वडा अध्यक्ष बस्नेतले तर्क गरिन् ।

जिल्लामा ८ वटा स्थानीय तहले महिलाको बिशेष पर्वमा सक्रियता देखाएर दर कार्यक्रम आयोजना गर्ने गरेका छन् । समाजमा कुरुति बिसंगतिका बारेमा छलफल गरेर त्यस्ता नकारात्मक गतिबिधि र विसंगतिलाई समेत चिर्ने प्रयासमा जनप्रतिनिधि रहेको अध्यक्ष गिता वस्नेतले प्रतिक्रिया दिईन ।

गुलरिया नगरपालिका–७ ले शनिबार आयोजना गरेको तिज विषेश दरखाने कार्यक्रमको प्रमुख अतिथी नगर प्रमुख मुक्तिनाथ यादवले उद्घाटन गरेका थिए ।

टोल समाज र गाउँमा वस्ने महिला आफु भित्र रहेका कला प्रस्फुटन गर्ने तिज पर्व माध्यमा बनेको छ । नाच्न गाउँ कला भएका महिलाले प्रस्तुति पनि देखाउँने गरेका छन् । पछिल्लो समय कला प्रर्दशन गर्न टिक टिक बनाउँने अधिकांश महिलाको रोजाईमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय