जसपाको नगर स्तरीय समिति गठन
आइतबार, भदौ २०, २०७८ मा प्रकाशित

बर्दिया, भदौ २०(फरकसमाचार)

जनता समाजवादी पार्टी नेपालले नगर स्तरीय समिति गठन गरेको छ । जसपाले नगर स्तरीय समिति शनिबार चयन गरेको हो । जसपाका युवा नेता विष्णु यादवको सभापतित्वमा १४ जनाको समिति बनेको छ । गुलरिया नगरपालिका अन्र्तगतका पार्टीका संक्रिय कार्यकर्तालाई समेटेर नगर स्तरीय समिति गठन गरेको युवा नेता यादवले बताए ।

यस समितिमा सबै युवा रहेका छन् । समितिमा चयन भएका पदाधिकारीहरु पार्टी प्रति सकारात्मक सोच राखेका छन् । नगर स्तरीय समितिमा चयन भएका पदाधिकारीहरु निकै खुसी छन् ।

नगर स्तरीय समितिमा सभापति विष्णु यादव, उप–सभापति बिरेन्द्र कुमार बनिया, कोषाध्यक्ष वसिम हलवाई, सचिव सुमित्रा चौधरी, सह–सचिव सोमै थारु र सदस्यमा जलिल दर्जी, सुर्य बहादुर बन्जारा, कमलेश यादव, आलम शाह, रत्न बहादुर देवकोटा, मोबिन अहमद राइन, मोबिन प्रेली, सरिता सुनार र राम सुन्दर लोध चयन भएको पप्पु यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय