‘खोसीएको रोजगारी पाउँदा खुसी छौ’
सोमबार, भदौ २१, २०७८ मा प्रकाशित

बर्दिया,भदौ २१

गुलरिया नगरपालिका–७ का रामकृष्ण लोध शनिबार हाट बजारमा तरकारी बेच्दै गरेका बेला भेटिएका बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष देवेन्द्र पाण्डेलाई इंगित गर्दै लोधले भने,‘खोसिएको रोजगारी दिलाउँनु भयो, हाम्रा बाल बच्चा भोकै मर्ने भएनन् ।’ त्यति भनिरहँदा अध बैशे लोधको अनुहारमा खुसी भल्किरहेको थियो ।

लामो समय निषेधाज्ञाको घोषणासँगै रोजगारी खोसिएको लोधले सुनाउँदै खुसीको आँसु झार्दा अध्यक्ष पाण्डे भावभिह्वल बने । ‘के गर्नु हजुर, रोजगारी नहँुदा बिहान र साँझको रोटी चट्नि पनि छुटिसकेको थियो’ लोधले सुनाए । हाट बजारका व्यवसायी मध्य उनी एक प्रतिनिधि पात्र मात्र हुन् ।

उनी जस्तै अधिकांश हाट बजारका व्यवसायीले एक स्वरमा संघका अध्यक्षले निषेधाज्ञा बेला निभाएको भुमिको प्रशंशा गर्न समेत भ्याए ।
चाड पर्व नजिकिएको बेला बजार अनुगमनमा निस्केका संघका अध्यक्ष पाण्डे समक्ष दुःख, सुख बिसाउँन हाट बजारका व्यवसायीले तछाड र मछाड गरेर अघि बढेको दृश्यले अधिकांशको ध्यान खिचेको थियो ।

घरको जग्गामा दुःख गरेर उब्जाएको फसल खाल्डोमा गाडेको समेत संघका अध्यक्ष पाण्डे अघि किसानले दुखेसो गरे । ‘कोरोनाले नलगेपनि भोकले लैजाने भयो भन्ने लाग्थ्यो’अर्का हाटबजारका व्यवसायीले खालिदले सुनाए ।
साताको दुई दिन लाग्ने हाट बजारमा बर्दिया जिल्लाको ठूलो हाट बजार हो । खुन्द्रा र थोक व्यापार हुँदा सातामा दुई दिन व्यवसायीको चहल पहल बढि हुने गरेको छ ।

शनिवार र मंगलवार लाग्ने हाट बजारमा खरिद, बिक्रिका लागि नेपालगंज, पोखरा र काठमाडौंसम्म गुलरिया बजारको ताजा तरकारी किन्न पुग्ने गर्छन् । तर लामो समय निषेधाज्ञा घोषणासँगै बन्द रहेको बजार स्थानीय प्रशासनले बजार सुचारु गर्न अनुमति दिएसँगै खोसिएको रोजगारी फर्किएको सकारात्मक प्रतिक्रिया दिएका छन् ।

कोरोनाको दोस्रो लहरसँगै बन्द भएको हाट बजार शनिवार देखि संचालनमा आउँदा खोसिएको रोजगारी पाउँदा खुसी भएको सुनाउँदा संघका अध्यक्षले पाण्डेले भने ‘सुरक्षा मापदण्ड अपनाएर व्यवसाय गर्नुस्, तपाईको हक हित संरक्षण गर्ने हाम्रो कर्तव्य हो ।’ संघका अध्यक्ष पाण्डेले व्यवसायी हक हित संरक्षणको जिम्मा लिएको संघले हाट बजार व्यवसाय पक्षमा रहेको उल्लेख गर्दै सम्बोधन गर्दा व्यवसायी एक तमासले सुनेर समर्थन जनाएका थिए ।

व्यापार, व्यवसाय र उद्योगीका लागि प्रशासनसँग उद्योग वाणिज्य संघले समन्वयकारी भूमिका निभाउँदा बजारको गतिबिधि सामान्य तर्फ उन्मुख हुदै गएको छ । हाट बजार अनुगमन क्रममा निस्केका संघका अध्यक्ष साक्षात्कार हुँदा कोरोना कहरको तेस्रो लहरको लडाईमा जित व्यवसायी हुन पर्ने भएकाले स्वास्थ्य मापदण्ड ख्याल गर्नु पर्ने अध्यक्ष पाण्डेले बताए । ‘

संघले बजार व्यबस्थापनलाई पछिल्लो अवस्थामा फर्काउँन माक्स,सेनिटाईजर वितरण देखि स्वास्थ्य मापण्दण्ड भित्र रहेर व्यबसाय संचालन गर्न समेत घर दैलो गरेका छौ’उनले भने,‘बैकको लोन खाएर व्यबसाय गरिरहेका व्यबसायीको पक्षमा प्रशासनसँग समन्वयकारी भूमिका र दवाव समेत दिने गरेकाले सबै कुरा सम्भव पनि भईरहेको छ ।

’ स्थानीय प्रशासनले अख्तियार गरेको नियम उल्लघन नर्गनका लागि व्यबसायी साथी भाई समक्ष अनुरोध गरेको संघका अध्यक्ष पाण्डेको भनाई छ । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय