बर्दियामा बेवारिसे अवस्थामा लेडिज कपडा बरामद
मङ्गलबार, भदौ २२, २०७८ मा प्रकाशित

बर्दिया, भदौ २२ (फरकसमाचार) / प्रहरीले बेवारिसे अवस्थामा लेडिज कपडा बरामद गरेको छ । गुलरिया नगरपालिका–११ स्थितबाट अबैध कपडा प्रहरीले बरामद गरेको हो ।

प्रहरीका अनुसार भारतबाट भन्सार छली ल्याई बेवारिसे अवस्थामा राखिएको कपडा सोमबार बरामद भएको छ । लेडिज कपडा मुल्य रु १५ हजार बराबर रहेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरी टोलीले कपडा बरामद गरेको हो । प्रहरीले बरामद गरेको कपडा कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको सुचना अधिकारी डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय