निजामती सेवा दिवसमा वृक्षारोपण
बुधबार, भदौ २३, २०७८ मा प्रकाशित

बर्दिया, भदौ २३ (फरकसमाचार) / निजामती कर्मचारी सेवा दिवसको अवसरमा मंगलबार वृक्षारोपण गरिएको छ । निजामती कर्मचारी सेवा दिवसको अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षारोपण कार्यक्रम’ आयोजना गरी कर्मचारी मिलन केन्द्रको परिसरमा विभिन्न जातका बिरुवाहरु रोपिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी माधब प्रसाद शर्माको नेतृत्वमा सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावत, प्रहरी निरीक्षक हरिहर खड्का लगायत सरकारी तथा गैरसरकारी संघसंस्थाका कर्मचारीहरुको वृक्षारोपण कार्यक्रममा सहभागिता रहेको थियो । राष्ट्र सेवक कर्मचारीले गरेको वृक्षारोपण सराहनीय कार्य रहेको स्थानीयले बताएका छन् ।

यस कार्यक्रमले जोसुकैलाई वृक्षारोपण गर्न उत्साहित गर्नेछ ।

वृक्षारोपण कार्यक्रममा सहभागिले वातावरण हरियाली र स्वच्छ राख्न वृक्षारोपणले थप मद्दत मिल्ने विश्वास व्यक्त गरेका थिए । वातावरण हराभरा राख्न सबैले विरुवा रोप्न र संरक्षणमा ध्यान दिन समेत आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय