तीजमा भयो गाउँ र शहर गुज्जामानमय
शुक्रबार, भदौ २५, २०७८ मा प्रकाशित

बर्दिया, भदौ २५ (फरकसमाचार)
बगलामुखी मन्दिर बिहिवार दिनभर गुन्जामानमय भयो । ब्रतालु महिला नाच गान शुरु गरेपछि मन्दिर परिसर गुन्जामानमय बनेको थियो । गुलरिया नगरपालिका–७ ले स्वागत गर्दै महिलालाई मन्दिरमा नाच्न र गाउँन सहजिकरण गर्यो । बर्दिया जिल्लाका अधिकांश मठ मन्दिर र चौतारामा जम्मा भएका महिला छमछमी नाचे ।
महिलाको महान् चाड हरितालिका तिज महिला दिदि बहिनीहरुले भव्यसाथ मनाएको वडा अध्यक्ष गिता बस्नेतले बताईन् । ‘हरितालिका तिज धुमधामकासाथ मनाएका छन्’उनले भनिन्‘ धर्म र सस्कृति जर्गेनाका लागि महिलाको सक्रियतामा आवश्यत्ता रहेको छ ।’
तिजमा विवाहित महिलाले श्रीमान्को सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने र अविवाहित महिलाले असल वर पाउन व्रत बस्ने प्रचलन रहेको छ । ब्रत बसेका महिलाहरु बिहानैबाट गुलरियाका बगलामुखी र कोटही लगायतका मन्दिरमा पुजा गर्न पुगेका थिए । मन्दिरमा पुगेका महिलाहरु शिवको पूजा गरेका थिए । पुजा गरेर सकिएपछि नाचगान गरेका थिए । गुलरिया नगरपालिका–७ की वडा अध्यक्ष गिता बस्नेतले बगलामुखी मन्दिरमा महिला दिदि बहिनीहरुको स्वागत गर्न आफै दिनभरी मन्दिरमा उपस्थित रहेकी थिईन् । महिलाहरुको महान् पर्व हरितालिका तिजमा अध्यक्ष बस्नेतले महिलाहरुसंग सुखदुख साटासाट गरिन् । वर्षमा एक चोटी नारीहरुको पर्वमा नारीहरुसंग रमाउँन पाउँदा अत्यन्तै खुसी भएको अध्यक्ष बस्नेतले बताईन् ।
रातो सारी र श्रृङ्गारमा सजिएका महिलाहरुको बजारमा चहल पहल रहेको थियो । पछिल्लो समय युवा पुस्तालाई आर्कषण बनेको टिक टिक संजालमा सबै बर्ग जातजाति र उमेर समुहलाई तानेको छ । मन्दिरमा नाचगान गर्दै गर्दा टिक टक बनाई रमाएका थिए । नयाँ ठाउँ टिक टक बनाउँन आर्कषणको केन्द्र बन्दा महिलाका लागि टिक टक बनाउँन पनि सहयोग पुगेको छ ।
त्यसैगरी टोल टोलमा तिजका गित गुञ्जामानमय थियो । समाज र गाउँमा वस्ने महिला आफु भित्र रहेका कला प्रस्फुटन गर्ने तिज पर्व माध्यमा बनेको छ । नाच्न कला भएका महिलाले प्रस्तुति पनि देखाउँने गरेका छन् । पछिल्लो समय कला प्रर्दशन गर्न टिक टिक बनाउँने अधिकांश महिलाको रोजाईमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय