मधुवनका मुक्तकमैया विरामी भन्छन्ः ‘आन्द्रामा घाउँ देखिएको छ, अस्पतालमा छटपटिनुको बिकल्प छैन’
शुक्रबार, भदौ २५, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान
बर्दिया, भदौ २५
जिल्ला अस्पताल जनरल वार्डको ३९ नम्बर शैया । मधुवन नगरपालिका– २ रजवाराका मुक्तकमैया शहदेव थारु अस्पतालको शैयामा छटपटाउँन लागेको दुई साता नाघ्यो । सरकारले जग्गा दिएको तर जग्गा धनि पुर्जा नभएका मुक्त कमैया शहदेव यतिबेला बिलखबन्दमा छन् । आफु विरामी छन् पत्नि भगवती साहारा मात्र छ । न पैसा छ, छत रोग मात्र । रोगपनि बल्झिदै छ ।

 

बर्दिया अस्पतालमा एपन्डिक्सको अप्रेशन सफल भएपनि लामो समय आर्थिक अभावमा उपचार नपाएका उनको आन्द्रामा घाउँ देखिएको छ । अझै उनलाई कति दिन अस्पतालको शैयामा छटपटाउँन पर्ने हो त्यो पनि अनिश्चित बन्दै गएको छ । शहकारीबाट ऋण काडेर ल्याएको पैसा बालुवामा पानी हाले सरह जस्तै भयो । अब थप उपचारको लागि भगवान् भरोसा बाहेकको विकल्प छैन । जिल्ला अस्पतालले एपेडिक्सको सफल अप्रेशन गरेपनि आन्द्रामा समस्या देखिदा पिडा बल्झदै गएको अस्पतालले जनाएको छ । ‘अस्पतालले उपचार गरेपनि औषधी किन्न पर्छ’ अस्पतालका चिकित्सकले भने,‘ विरामी केहि दिन अझै अस्पतालमा बस्नु पर्छ ।’ शहकारीबाट ऋण काडेर ल्याएको पैसा सकिएपछि बिरामीलाई चिन्ता बढ्दा समस्या भईरहेको पत्नि भगवतिले सुनाईन । ‘ऋण ल्याएको पैसा कसरी तिर्ने भनेको बेला उहाँलाई अझै सन्चो हुने देखिएन’उनले दुखेसो पोख्दै भनिन्‘ गरिब मान्छेका पिडा कस्ले बुझने,कसलाई बुझाउँने ।’ बिरामी मान्छे झन् चिन्तै चिन्ता थलिएको उनले सुनाईन । मुक्त कमैया बस्ती बर्खामा सबै आर्थिक अभावमा तडपिरहेको बेला आफु माथी बज्रपात थपिएको भगवतीले पिडा पोखिन् ।


मुक्त कमैया बस्तीबाट उठेको पैसाले मात्र मुक्तकमैया थारुको उपचार सम्भव नभएको उनका आफन्त खुमानन्द चौधरीले बताए ।‘ बिरामी नाजुक अवस्थामा देखेर विपन्न बस्तीबाट केहि रकम जम्मा भयो,’उनले भने,‘ थोरै रकमबाट मात्र उपचार सम्भव छैन,आन्द्रामा समस्या देखिएकाले समस्या थप जटिल बन्यो ।’उनका अनुसार शहदेव उपचारको लागि बिपन्न बस्तीबाट ६ हजार संकलन भएको छ । उनका अनुसार अस्पताल अप्रेशन लगायत अन्य शुल्क मिनाहा गरेपनि औषधी खरिद गर्न बिरामीलाई रकम अभाव भएको छ ।
स्थानीय तहमा सरकार भएपनि पहुँच नभएका कारण अस्पतालाको शैयामा शहदेव छटपटाउँन परेको छ । शहदेवको पेट चिरेको छ । पाँच परिवारको जिम्मेवारी काँधमा रहेका थारु आफै थलिएपछि घरमा चुलो जल्न सकेको छैन । २ छोरी र एक छोरा बिहान साँझको जोहो गर्न छिमेकिको साहारा चल्नु परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय