विवादबीच डडेल्धुरामा अधिवेशन हुन लागेपछि पौडेलले भेटे देउवालाई
शुक्रबार, भदौ २५, २०७८ मा प्रकाशित

काठमाडौं, भदौ २५ / डडेल्धुरामा क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान नगरी आज वडा अधिवेशन गर्न लागेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका नेताहरूले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई भेटेका छन्।

सभापति देउवाको गृहजिल्लामा आज वडा अधिवेशन गर्ने तयारी छ।

भदौ १८ मा हुन नसकेको वडा अधिवेशन शुक्रबार गर्न लागे पनि जिल्ला सभापति कर्णबहादुर मल्ललगायतले भाग नलिने बताइरहेका छन्। सभापति मल्ल वरिष्ठ नेता पौडेल पक्षका हुन्।

तलबाट पठाइएका क्रियाशील सदस्यको नाम हटाएर केन्द्रबाट सभापति देउवा पक्षले आफूखुसी क्रियाशील सदस्य थप गरेको विरोधमा डडल्धुरा कांग्रेस कार्यसमितिले विरोध गरेको छ। आज वडा अधिवेशन गर्न नहुनेमा सभापति मल्ललगायत छन्।

तर सभापति देउवा पक्षले बागी उम्मेदवारहरूको मात्र क्रियाशील सदस्यता हटाइएको बताउने गरेको छ।

यसैबीच वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र जीवन परियारसहितले शुक्रबार बिहान सभापति देउवालाई बालुवाटारमा भेटेर अधिवेशन धाँधलीरहित बनाउन माग गरेका छन्।

वरिष्ठ नेता पौडेलका अनुसार अधिवेशन धाँधलीरहित र निष्पक्ष बनाउन सहयोग गर्न सभापति देउवाको ध्यानाकर्षण गरिएको छ।

क्रियाशील सदस्यको छानबिन निष्पक्ष र पारदर्शी बनाउन र पार्टी अधिवेशनमा प्रहरी र प्रशासनको दुरूपयोग नगर्नसमेत पौडेलले सभापति देउवालाई ध्यानाकर्षण गराएका हुन्।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय