बर्दियामा दुर्घटना हुँदा सशस्त्र प्रहरीका पुर्व सईको मृत्यु
आइतबार, भदौ २७, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान
बर्दिया, भदौ २७ / मोटरसाईकल र ट्याक्टर दुर्घटना हुँदा सशस्त्र प्रहरीका पुर्व सईको मृत्यु भएको छ ।

विपरीत दिशाबाट आएको ट्याक्टरले मोटरसाईलाई ठक्कर दिएर भएको दुर्घटनामा सई गुलगुल थारु (गोपाल)को मृत्यु भएको हो । सई मोटरसाईकलमा सवार रहेका थिए । शनिबार साँझ दुर्घटनामा परी टाउकोमा चोट लागी गम्भिर घाईते भएका थारुको चिकित्सकले मृत घोषणा गरेका थिए ।

गुलरिया नगरपालिका–४ बेचैपुर स्थित दुर्घटना भएको हो । ट्याक्टर चालक चैतराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय