यस अनलाईनका वि" />

आज – २९ भाद्र २०७८ मंगलवार को राशिफल
मङ्गलबार, भदौ २९, २०७८ मा प्रकाशित

यस अनलाईनका विज्ञापन दाता, पाठक, शुभचिन्तकलाई सुपादेउराली माताले कल्याण गरुन

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला, तर साँझमा शुभ समाचार पाइनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धर्म कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने र मन प्रसन्न रहनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । रमाइलो यात्राको योग समेत रहेको छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । प्रेममा मनमुटावका साथै मानसिक चिन्ता बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । चलाखीपूर्ण बोलीले काम बन्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । उपहार र मान सम्मान पनि पाइन सक्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) स्वादिष्ट भोजन पाइनेछ । नयाँ कार्यको योजना बन्नेछ । वित्तिय संस्था बाट सहयोग पाइनेछ । नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आस मारेको काम बन्नेछ । अरुको मन जित्न सकिनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । बहुमूल्य वस्तु हात पर्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) परिवारजनको साथले नयाँ आशा जगाउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय