ओसिएमसिलाई दश लाख बराबरको सहयोग गर्ने
मङ्गलबार, भदौ २९, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, भदौ २९

जिल्ला अस्पताल द्वारा संचालित लैङगिक हिंसा सम्बन्धि एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसि) लाई दश लाख बराबरको सहयोग गर्ने निर्णय गरेको छ ।

प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र साथी संस्था बाँकेको साझेदारीमा ओसिएमसिलाई सहयोग गर्ने निर्णय गरिएको हो । संस्थाले गर्ने सहयोगले ओसिएमसि भवनको फर्निचर र काउन्सेलर उत्पादन गर्ने जनाइएको छ ।

प्लान ईन्टरनेशनल नेपालको सहयोगमा साथी संस्थाको आयोजनामा जिल्ला अस्पतालको समन्वयमा सोमबार बसेको बैठकले आर्थिक सहयोग गर्ने निर्णय गरेको साथी संस्थाका परियोजना संयोजक कुलराज दहितले बताए ।

‘ओसिएमसिले हिंसा पिडित निशुल्क उपचार गरेको छ’ अस्पतालका मेसु सुभाष पाण्डेले भने, ‘तर पिडितले उपचार पछि कानुनी उपचार पाएको छ छैन, कसैले खोजी गरेको छैन ।’

उनका अनुसार अस्पतालले ओसिएमसिको छुट्टै भवन निर्माण गरिरहेको छ । भवन निर्माण भएपनि फर्निचर र झ्याल ढोकाको लागि आर्थिक अभाव भएको बताए । बैठमा संघ संस्थाबाट उपस्थित प्रतिनिधिसंग हातेमालो गर्न आग्रह गरे । ओसिएमसिको लागि काउन्सेलर उत्पादन गर्नु पर्नेमा जोड दिए ।

जिल्ला समन्वय समितिका प्रमुख तथा ओसिएमसिका सल्लाहकार शंकर प्रसाद थारुले यौन हिंसा न्युनिकरण सम्बन्धि शिक्षा स्थानीय पाठ्यक्रममा समाबेस गर्नु पर्ने जोड दिएका थिए ।

यौन हिंसा न्युनिकरण गर्न कार्यक्रम ल्याउनु पर्ने औल्याए । बेरोजगारीले गर्दा यौन हिंसा बढी भईरहेको बताए । रोजगारीको अवसर सिर्जना गर्ने कार्यक्रम ल्याएर यौन हिंसा न्युनिकरण गर्न सकिने सुझाएका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले हिंसा पिडितलाई न्याय दिन सरकारी कार्यालयहरुसंग काँधमा काँध मिलाएर सहयोग गर्ने गैर सरकारी संघसंस्थालाई धन्यवाद दिएका थिए । हिंसामा परेका पिडितलाई उपचार देखि कानुनी उपचारसम्म पु¥याएर सहकार्य र समन्वय गर्न आग्रह गरेका थिए ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख शंकर प्रसाद थारु, सहायक प्रजिअ माधव प्रसाद शर्मा, अस्पताल विकास समितिका अध्यक्ष अंगद श्रेष्ठ, अस्पतालका मेसु सुभाष पाण्डे, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेल, प्लान ईन्टरनेशनल नेपालकी कार्यक्रम संयोजक कमला राई र महिला तथा बालबालिका सम्बन्धि काम गर्ने कार्यालयका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय