बर्दियामा बेवारिसे अवस्थामा चिनि बरामद
मङ्गलबार, भदौ २९, २०७८ मा प्रकाशित

बर्दिया, भदौ २८(फरकसमाचार) / प्रहरीले बेवारिसे अवस्थामा चिनि बरामद गरेको छ । गुलरिया नगरपालिका–१ स्थितबाट मंगलबार प्रहरीले चिनि बरामद गरेको हो ।

भारतबाट भन्सार छली ल्याई बेवारिसे अवस्थामा राखिएको चिनी बरामद गरेको प्रहरीले जनाएको छ । बरामद चिनि ३ क्विन्टल ५० किलोग्राम मुल्य रु २१ हजार बराबर रहेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रहरीले बेवारिसे चिनि बरामद गरी कारवाहीको लागि राजापुर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय