एम्बुलेन्सको ठक्करबाट साइकल चालकको मृत्यु
बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित

कञ्चनपुर, भदौ ३० / एम्बुलेन्सको ठक्करबाट कृष्णपुर नगरपालिका–५ का करिब ४५ वर्षीय कृष्णबहादुर ऐरको मृत्यु भएको छ। कैलालीको अत्तरियाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले साइकलमा दुध बोकेर जाँदै गरेका ऐरलाई बुधबार पूर्व–पश्चिम राजमार्गको कृष्णपुर नगरपालिकाको गुलरिया नजिक ठक्कर दिएको हो।

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका ऐरको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानलेले बताए।

एम्बुलेन्सका चालक भीमदत्त नगरपालिका–१६ का करिब ४० वर्षीय गणेश विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। क्षतिपूर्तिको माग गर्दै स्थानिय बासिन्दाले बिहानैदेखि पूर्व पश्चिम–राजमार्गको गुलरिया क्षेत्रमा सडक अवरुद्ध गरेका थिए। अहिलेसडक सञ्चालनमा आइसकेको छ।थाहाखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय