बर्दियामा बेवारिसे अवस्थामा सामान बरामद
बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित

बर्दिया, भदौ ३० (फरकसमाचार) / भारतबाट भन्सार छली ल्याई बेवारिसे अवस्थामा राखिएको सामान प्रहरीले बरामद गरेको छ ।

बेवारिसे अवस्थामा छोडिएको भेली र मोटरसाईकल पाट्र्सका सामान प्रहरीले बरामद गरेको हो । प्रहरी चौकी गणेशपुरबाट खटिएको प्रहरी टोलीले गुलरिया नगरपालिका–११ स्थितबाट २ क्विन्टल भेली मुल्य रु १२ हजार र प्रहरी चौकी मथुराबाट खटिएका प्रहरीले गुलरिया नगरपालिका–९ स्थितबाट मोटरसाईकलका पाट्र्स मुल्य रु ५ हजार ४ सय ६६ गरी जम्मा मुल्य रु १७ हजार ४ सय ६६ बराबरको अबैध सामान बरामद भएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रहरीका अनुसार बरामद सामान कारवाहीको लागि भन्सार कार्यालय गुलरियामा बुझाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय