भक्तपुर, भदौ ३१ । प्रहरीले मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट नगद ३ लाख रुपैयाँ लुटपाट गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुर बस्ने बैतडी घर भएका २६ वर्षीय लवजित भट्ट रहेका छन् । उनलाई बुधबार राति महानगरीय प्रहरी वृत्त ठिमीले पक्राउ गरेको हो ।
लवले आफ्नै काकालाई विदेश पठाइदिन सहयोग गरिदिन्छु भनी लोकन्थलीमा लगेर उक्त नगद लुटेको प्रहरीको दाबी छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।अनलाइनखबरबाट साभार