बर्दियामा प्रहरी द्वारा म्याद नाघेका सामान नष्ट
बिहिबार, भदौ ३१, २०७८ मा प्रकाशित

बर्दिया, भदौ ३१ (फरकसमाचार) / म्याद नाघेका र लेवल नछापी प्याकिङ्ग गरिएको सामान प्रहरीले नियन्त्रणमा लिई बिहीबार नष्ट गरेको छ । सामान सहित प्रहरीले मधुवन नगरपालिका–१ बस्ने ४३ वर्षिय मिन बहादुर बिसीलाई नियन्त्रणमा लिएको हो ।

बिसीले नेपालगंज देखि गुलरिया तर्फ बा १८ च ११८५ नम्बरको गाडी चलाई ल्याउँदै गर्दा भादा पुलमा चेकजाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले चेकजाँच गर्दा गाडीमा म्याद नाघेका र लेवल नछापी प्याकिङ्ग गरिएको सामान फेला परेको हो ।

प्रहरीले नियन्त्रणमा लिएको सामान खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजसंग समन्वय गरि जिल्ला प्रशासन कार्यालय र उद्योग बाणिज्य संघका प्रतिनिधिको उपस्थितीमा सामान नष्ट गरेका छ ।

प्रहरीले फ्रुटो स्वादिष्ट पेप्सी जुस ९२ प्याकेट र ३ किलोग्राम छुर्पी नष्ट गरेको छ । अन्य म्याद नाघेका खाद्यान्न सामानहरु परिक्षणको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंज पठाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय