भरुवा बन्दुकसहित पक्राउ
शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित

विराटनगर, असोज १ / मोरङको मिक्लाजुङ गाउँपालिका५ का ४३ वर्षीय जगतबहादुर लिम्बु भरुवा बन्दुकसहित पक्राउ परेका छन्।

उनलाई बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार जगतको घरमा लुकाई राखेको दुई नाल भरुवा बन्दुक बरामद गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।थाहाखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय