भेरी अस्पतालमा कञ्चनपुरकी कोरोना संक्रमित महिलाको मृत्यु
शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित

काठमाडौं, असोज १ । बाँकेमा कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका–५ की ५८ वर्षीया महिलाको मृत्यु भएको हो । भदौ २९ गते अस्पतालमा भर्ना भएकी महिलामा भदौ ३० गते संक्रमण पुष्टि भएको थियो ।

भेरी अस्पतालमा उपचारको क्रममा उनको शुक्रबार बिहान ११ः३० बजे मृत्यु भएको उनले बताए ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर