बर्दियामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित

बर्दिया, असोज १ (फरकसमाचार) / जिल्लामा थप १६ जनामा कोरोना संक्रमण शुक्रबार पुष्टि भएको छ । ६ महिला र १० पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ७ हजार १ सय ६२ पुगेको छ । त्यसैगरी शुक्रबार ७ जना निको भएका छन् । निको हुनेको संख्या ६ हजार ८ सय ९४ पुगेको छ । ६१ जनामा भाइरस सक्रिय रहेको छ ।

सक्रिय संक्रमित मध्ये ५९ होम आईसोलेसनमा र २ जना अस्पतालमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय ७ पुगेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय