बालबिवाह बिरुद्धको अभियानमा स्थानिय नागरिकको एक्येबद्धता
शनिबार, असोज ०२, २०७८ मा प्रकाशित

दलबहादुर सुनार

बर्दिया, असोज २

बाल बिवाह मुक्त टोल बनाउन बढैयाताल गाउँपालिका–८ स्थित पशुपतिटोलका नागरिक अगुवाहरुले बाल बिवाह बिरुद्धको अभियानमा एक्येबद्धता जनाएका छन् ।

प्लान ईन्टरनेशनलको सहयोगमा, बाँके यूनेस्को क्लबको आयोजनामा स्थानिय नागरिक समाज संजाल बढैयाताल– ८ को पहलमा भएको ¥याालीमा पशुपतिबजार टोललाई बालबिवाह मुक्त टोल बनाउने अभियानमा एक्येबद्धता जनाएका हुन् ।

बाल बिवाह, चाडै हुने बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत गरिएको सचेतना कार्यक्रममा समुदायमा बाल बिवाह गर्दा ब्यक्तिमा पर्ने शारीरिक तथा मानसिक समस्या, कानुनी समस्या, परिवार र समाजमा पर्ने दुरगामी नकारात्मक तथा समाज बिकासमा पर्ने असरका बारेमा जानकारी गराउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको यूनेस्को क्लबकी सामाजिक परिचालक लक्ष्मि चौधरीले बताईन् ।
बढैयाताल गाउँपालिका–८ की महिला सदस्य ममता घर्तिमगरको अध्यक्षतामा शुक्रबार भएको कार्यक्रममा पशुपतिबजार टोल सुधार समितिका अध्यक्ष कमला सापकोटा, तिलकाना सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष मन बहादुर घर्ति, कृषि समुहका अध्यक्ष नुर प्रसाद पाण्डे, आवाज संस्थाकी प्रतिनिधि, बाल क्लबका सदस्यहरु महिला समुहका सदस्य महिला स्वास्थ्य स्वयम सेबिका लगायत ३० जनाको सहभागिता रहेको थियो ।

¥यालीका सहभागिले बाल बिवाह बिरुद्धका प्लेकार्डमा लेखिएका नारा लगाउदै पशुपतिबजार परिक्रमा गरि कोणसभामा परिणत भएको थियो ।

उक्त कार्यक्रममा बिभिन्न समुहका अध्यक्ष तथा प्रतिनिधीहरुले आफ्नो टोलमा वाल बिवाह हुन नदिने अभियानमा लाग्ने बालबिवाह हुदैछ भन्ने थाहा पाएमा परिवारलाई परामर्श गर्ने र नभए प्रहरीलाई जानकारी गराउने बताउदै यस्ता कार्यक्रम पालिकाका हरेक टोल बस्तीमा गर्नु पर्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय