पालिका स्तरी बाल अधिकार समितिलाई यौन शोषण बिरुद्ध क्षमता अभिबृद्धि तालिम
आइतबार, असोज ०३, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, असोज ३

पालिका स्तरी बाल अधिकार समितिलाई बालबालिका बेचबिखन तथा यौन शोषण बिरुद्ध क्षमता अभिबृद्धि तालिम दिईएको छ । प्लान इन्टरनेशनल नेपाल र साथी संस्था बाँकेको साझेदारीमा दुई दिने तालिम दिएको हो । ‘कोभिड –१९ महामारीमा बालबालिका तथा युवा विरुद्ध हुने यौन शोषण तथा बेचबिखन रोकथाम परियोजना’ अन्तर्गत शुक्रबार र शनिबार तालिम संचालन गरिएको हो ।

खुल्ला सिमानाका कारण बालबालिका तथा युवाहरु विभिन्न प्रलोभनमा परी भारतमा बेचिने क्रम पुर्ण रुपमा रोकिएको छैन । बालबालिहरुमा परिपक्कता नभएकोले विभिन्न किसिमका लोभलालाचमा परी बेचिन बाध्य भएका छन् ।

माया गर्ने बहानामा, विवाह गर्ने बहानामा र कामको प्रलोभनमा परी भारतमा पुगि बालबालिका बेचिएको समय समयमा खबर सुन्न पाईन्छ ।

सिमा नाकाबाट कतिपय बालबालिकालाई प्रहरीले भारततर्फ जाँदै गरेको अवस्थामा उद्दार गरेका छन् । त्यसैगरी बालबालिका आफ्नै समुदायका व्यक्तिहरुबाट तथा आफन्तबाट यौन शोषणको शिकार बनिरहेका छन् ।

आफ्नै गाउँघरमा बालबालिका सुरक्षित छैनन् । यद्यपि बालबालिका बेचबिखन तथा यौन शोषण पूर्ण रुपमा रोकिएको छैन ।

बालबालिका बेचबिखन तथा यौन शोषणका घटना न्युनिकरण गर्ने उदेश्यले तालिमको आयोजना गरिएको परियोजना अधिकृत कुलराज दहितले बताए । बालबालिका बेचबिखन तथा यौन शोषणको जोखिमबाट कसरी सुरक्षित रहने तालिमले थप मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे ।
तालिम साथी संस्था बाँकेकी फोकल प्रर्सन सरस्वति शर्माको अध्यक्षतामा शनिबार सम्पन्न भएको छ । तालिममा प्रशिक्षण प्रकाश उपाध्यायले गरेका थिए ।

तालिमको समापन कार्यक्रममा गुलरिया नगरपालिकाकी उप–प्रमुख शुसिला गिरी, वडा नम्बर ६ का वडा अध्यक्ष निरज कुमार शर्मा, वडा नम्बर ७ की वडा अध्यक्ष गिता बस्नेत, गुलरिया नगरपालिकाका वरिष्ठ शाखाअधिकृत मुकुन्द आर्याल, महिला तथा बालबालिका शाखाकी अधिकृत शिला शाह, शिक्षा शाखाका अधिकृत सतिस यादव, सुचना प्रविधि शाखाका अधिकृत अजय सिंह ठाकुर, नेपाल पत्रकार महासंघका अध्यक्ष यादव आचार्य, प्लान ईन्टरनेशनल नेपालकी कार्यक्रम संयोजक कमला राई, पालिका स्तरीय बाल अधिकार समितिका पदाधिकारी र साथी संस्थाकी सहजकर्ता सुनिता चौधरीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर