बिद्युतिय धरापमा परेर पत्नि, साईलो भाई र बुहारी गुमाएका गुरिलाल भन्छन् ः पत्निको शब देख्दा आफै बेहोश भए
आइतबार, असोज ०३, २०७८ मा प्रकाशित

बर्दिया,असोज ३ / बर्दिया जिल्ला अस्पतालमा परिसरमा शनिवार दिउँस भेटिएका ठाकुरबाबा –३ गोदानाका ४४ बर्षिय गुरिलाल चौधरीको अनुहारमा चमक हराएको छ । चिन्ताको बादल मडारिएको गुरिलालको अनुहारमा प्रष्टसँग झल्किन्छ । विना सुरमा बोलीरहेका गुरिलाल कहिले भक्कानिन्छन् र कति खेर आफै सम्हालिन खोजेको दृश्य देखेका आफन्त र साथी भाईको मन भतभति पोलिरहेको अनुभुति हुन्छ । जंगलि जनावरलाई थापेको बिद्युतिय पासोमा परेकी पत्नि बेलमति गुमाएपछि बर्दिया अस्पतालमा भेटिएका गुरिलाल छटपटिमा छन् ।

बुढेशकालको साहारा जिवन संगेनि गुमाउँदा बेला बेला गुरिलाल मुर्छा पर्छन् । आफन्तले पिलाएको पानीको भरमा बाचेपनि गुरिलालको होस् चेत छैन । आफन्त सहित ४५ वर्षिय पत्नि बेलमति, ३५ वर्षिय साईला भाई बालकृष्ण र ३० वर्षिय बुहारी सुनिताको शब पोष्र्टमार्टमा गर्न बर्दिया अस्पतालमा कुरिरहेका उनी विछिप्त देखिन्छन् । माक्स लगाएर उभिरहेका उनीसँगै आफन्त र साथी भाई छन् । तर आफुसँगै बाच्ने बाचा कसम खाएकी पत्नि नहँुदाको पिडा खपिनसक्नु छ ।

शुक्रवार राती ९ बजे । गर्मीको समय भएकाले घरको दैलोमा पत्निसँगै रमाईलो गफमा व्यस्त थिए गुरिलाल । भबिष्यका सपना पत्निसँग साट्न थालेका बेला उनको परिवारमा बज्रपात पर्छ भन्ने कल्पना पनि गर्न सक्दैनन् उनी । दुई छोरा र एक छोरा संरक्षण गर्ने काधमा रहेको जिम्मेवारी पुरा गर्ने गफ लम्बिदै जाँदा खुसीयाली छाउँछ । त्यो घर भित्रैको खुसियाली निमेषभरमा निमिट्यान्न हुन्छ भन्ने सोच्ने कुरै थिएन । सानो छोराको बिहेको कुरा चल्छ ।

जेठा छोराको बुहारी भित्र बाहिर गरेको दृश्य गुरिलालको स्मरणमा अझै ताजै छ । गफिदै जाँदा रातीको साढे ९ बज्छ । पत्नि बेलमतिलाई शौचालय जान मन लागेको सुनाउछिन् । बेलमतिले श्रीमानलाई भनेर शौचालय जान्छिन तर फर्कन समय लाग्छ । दश बज्छ । पत्निको पर्खाइमा बस्दा बस्दै गुरिलालको मनमा चिसो पस्छ । जंगलि जनावरको चहल पहल हुने क्षेत्र भनेर सम्झदा मुटुको कुना चसक्क हुन्छ गुरिलालको । अन्धकारमा खोज्न निस्कन्छन् । तर पत्निलाई भेटदैनन् ।

दुईसय मिटर टाढा टर्च बलेको देख्छन् । त्यहासम्म पुग्न पनि आँट गर्दैनन् । जेठानको छोराले गुरिलालको छटपटहाट देख्छन् । गुरिलाल भन्छन् ‘बेलमति फर्किनन्, कहाँ गई होलिन् ।’ टर्च बलेको तर्फ दुई जना हानिन्छन । टर्च बलेको ठाउँमा छिमेकि राज बहादुर शाही भेटिन्छन् । ‘म बाट ठुलो गल्ती भयो, अब के गर्ने होला् ?’ हतोत्साहित हुदै शाही भन्छन् । त्यतिबेला पत्नि बेलमतिले बोकेको टर्च शाहीको हातमा देख्छन् गुरिलाल । खेतमा पल्टिरहेकी पत्निलाई शाहीले जबरजस्ती बोकेर ढाडमा राख्दिन्छन् । म त्यहि बोकेर घर हिड्दा पछि पछि शाही आउँछन् । ‘तर,बेलमति नरहेको थाहा पाएपछि म मुर्छित भएको थिए’उनले सुनाए ।

बँदेललाई थापेको पासोमा परि एक परिवारको तिन जना ज्यान जाँदा गाउँ नै शोक मग्न भएको छ । उक्त परिवारको ६ भाईको घर लस्करै छ । तर गुरिलालले साइलो भाई, बुहारी र पत्नि बेलमति जंगलि जनावरको लागि थापिएको पासो परेर ज्यान गएको हो । बेहोस् भएपछि हो हल्ला हँुदा भाई ३५ बर्षिय बालकृष्ण र ३० बर्षिय सुनिताको शब कुलोमा भेटिएको गुरिलालले बताए । ‘पिडा माथी पिडा बाझिएको छ, बाबुको ५ भाईको सन्तानको घर शोकमा डुबेको उनले सुनाए ।

वन डिभिजन कार्यालय अन्र्तगत पर्ने क्षेत्रमा बिद्युतिय धरापमा जनावर पर्ने घटना पहिले भएपनि मानिस नै बिद्युतिय धरापमा परेर एकै परिवारका तीन जना ज्यान गएको यो पहिलो घटना हो । यसअघि बिद्युतको धरापमा पर्दा जंगलि हात्तीको मृत्यु भईसकेको छ ।
बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्रमा बिद्युतिय धराप राख्न सक्ने जोखिम रहेकाले नेपाली सेना र निकुञ्ज प्रशासन बेला बेला स्वीप अप्रेशन संचालन गर्दा अप्रिय घटना नघटेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णु प्रसाद श्रेष्ठले बताए । ‘घटना घटेको क्षेत्र मध्यवर्ती भन्दा बाहिरको हो’उनले भने,‘ वन्यजन्तुसँग द्वन्द्व हुने क्षेत्र पहिचान गरेर सम्भावित घटना हुन नदिन कार्य क्षेत्रमा चनाखो हुन जरुरी छ ।’

वन डिभिजन कार्यालयका प्रमुख महेन्द्र राज वाग्लेले वन्यजन्तुलाई क्षति पुगेको भए वनले अनुसन्धान गर्ने गरेको बताए । उनका अनुसार मानिसलाई क्षति पुगेकाले प्रहरीले यस घटनाको विस्तृत अध्ययन गर्छ । घटनास्थलमा तत्काल पुगेर पिडित परिवारको संरक्षण र दोषीलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख ईश्वर कार्कीले बताए ।‘ स्थलगत मुचुल्का र पोष्र्टमार्टमका लागि सबै कागज प्रक्रिया प्रहरीले पु¥याएको उल्लेख गर्दै दोषी देखिएका शाहीलाई प्रहरीले नियन्त्रणमा लिईसकेको उनले जानकारी दिए । घटना स्थलमा फेला परेका वस्तु प्रहरीले बरामद गरेको उनले जानकारी दिए । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय