शिक्षकलाई स्टिक्स एण्ड स्टोन्स टोट तालिम
सोमबार, असोज ०४, २०७८ मा प्रकाशित

बर्दिया, असोज ३ (फरकसमाचार)

शिक्षक र भोलेन्टिरहरुलाई स्टिक्स एण्ड स्टोन्स टोट तालिम गुलरियामा संचालन भईरहेको छ । गुलरिया नगरपालिका, मधुवन नगरपालिका र बढैयाताल गाउँपालिका १२ वटा विद्यालयका २१ जना शिक्षक र भोलन्टिरले तालिममा सहभागिता जनाएका छन् । पाँच दिने तालिम शुक्रबारदेखि सुरु भएको छ ।

प्लान ईन्टरनेशनल नेपाल र साथी संस्था बाँकेको साझेदारीमा तालिम संचालन भईरहेको छ । तालिममा सहभागि शिक्षकले तालिम पश्चात विद्यालयमा स्ष्ट्रा कक्षामा बाल संरक्षण सम्बन्धि प्रशिक्षण गर्ने जनाईएको छ ।

स्ष्ट्रा कक्षामा ८ कक्षा भन्दा माथि कक्षाका विद्यार्थीलाई सहभागि गराइनेछ । शिक्षकले स्ष्ट्रा कक्षामा विद्यार्थीलाई आत्म सुरक्षा गर्न सिकाउने छन् । ‘कोभिड –१९ महामारीमा बालबालिका तथा युवा विरुद्ध हुने यौन शोषण तथा बेचबिखन रोकथाम परियोजना’ अन्तर्गत तालिम संचालन भईरहेको छ । प्लान ईन्टरनेशनल नेपालकी कार्यक्रम संयोजक कमला राई र शिवलाल पाण्डेले तालिममा सहजीकरण गरिरहेको साथी संस्थाका परियोजना अधिकृत कुलराज दहितले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय