बर्दिया अस्पतालका मेसु डा. पाण्डे र डा.उपाध्याय सम्मानित
सोमबार, असोज ०४, २०७८ मा प्रकाशित

बर्दिया, असोज ४ (फरकसमाचार)

लुम्बिनी प्रदेश सरकारले राष्ट्र सेवक कर्मचारी तथा स्वास्थ्यकर्मीलाई विभिन्न पदकबाट सम्मानित गरेको छ । जसमा बर्दिया अस्पतालबाट दुई डाक्टर सम्मानित भएका छन् । सातौें संबिधान दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले सम्मान गरेको हो ।

बर्दिया अस्पतालका मेसु डा. सुभाष पाण्डे र सर्जन डा. बिजय उपाध्याय प्रदेश सेवा समर्पण पदकबाट सम्मानि भएका छन् । कोरोना महामारीको विषम परिस्थितीमा पु¥याएको योगदानलाई मुल्याङ्कन गरेर प्रदेश सरकारले विभुषित गरेको हो ।

मेसु डा. पाण्डेले अस्पतालमा कोभिड–१९ संक्रमितहरुको उपचारमा चिकित्सकीय र व्यवस्थापकीय क्षेत्रमा विषेश योगदान पु¥याई उपचारमा सहज हुने व्यवस्था मिलाएकोले सम्मानित भएका छन् ।

त्यसैगरी डा.उपाध्याय आफु कोरोना संक्रमित हुँदा हुँदै बिरामीको उपचारमा संलग्न भई उपचार गरेको र अस्पतालमा इन्डोस्कोपी सेवा सुरु गरेको तथा अप्रेसन गरेकोले सम्मानित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय