बर्दियामा वेवारिसे अवस्थामा काठ र साईकल बरामद
सोमबार, असोज ०४, २०७८ मा प्रकाशित

बर्दिया, असोज ४ (फरकसमाचार) / प्रहरीले बेवारिसे अवस्थामा राखिएको काठ र साईकल बरामद गरेको छ । प्रहरीले गुलरिया नगरपालिका–१ जानकीनगर स्थित बेवारिसे अवस्थामा राखिएकोे काठ सोमबार बरामद गरेको हो ।

२४.८१ क्युफिट सालको काठ र चार थान साईकल गरी मुल्य रु ९९ हजार २ सय ४० बराबरको बरामद भएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रहरी चौकी खैरापुर ‘क’ बाट खटिएका प्रहरी टोलीले काठ र साईकल बरामद गरि डिभिजन वन कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिहर खड्का क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर