बर्दियामा अपराधिक क्रियाकलाप रोक्न जनचेतना अभियान
सोमबार, असोज ०४, २०७८ मा प्रकाशित

बर्दिया, असोज ४ (फरकसमाचार) / खुल्ला सिमानामा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले जनचेतनामुलक अभियान सुरु गरेको छ । प्रहरीले गुलरिया नगरपालिका–९ स्थित वडा कार्यालयको प्राङगणमा र मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक उपभोक्ता समितिको भवनमा जनचेतनामुलक कार्यक्रम गरेको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोमबार कार्यक्रम गरिएको छ । खुल्ला सिमानामा हुने लागु औषध ओसार पसार, तस्करी र अपराधिक गतिविधि नियन्त्रण गर्न सिमा क्षेत्रका स्थानीय नागरिकको ठुलो भुमिका हुन्छ । सिमा क्षेत्रका नागरिकलाई सचेत गराए तस्करी जस्ता अपराधिक गतिविधि नियन्त्रण हुने विश्वास प्रहरीले लिएको छ ।

सिमा क्षेत्र बस्तीका नागरिकलाई अपराधिक गतिविधिको बारेका प्रहरीले सचेत गराई अपराध नियन्त्रण गर्ने उदेश्यले प्रहरीले जनचेतना मुलक कार्यक्रम संचालन गरेको छ । प्रहरीले चलाएको जनचेतना मुलक कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी र स्थानीय नागरिक गरी ८५ जनाले सहभागिता जनाएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेल र सिमा प्रहरी चौकी मथुराका प्रहरी नायव निरीक्षक नरेन्द्र शाहीले गुलरिया नगरपालिका–९ मा र कोठियाघाट प्रहरी चौकीबाट प्रहरी निरीक्षक दिनेश चदाराले मधुवन नगरपालिका–२ मा जनचेतना कार्यक्रम गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर