बर्दियामा एकै दिन दुई फरार कसुरदार पक्राउ
सोमबार, असोज ०४, २०७८ मा प्रकाशित

बर्दिया, असोज ४ (फरकसमाचार) / एकै दिन दुई फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतले सजाय र जरिवाना तोकेको दिनदेखि दुवै जना फरार रहेका थिए ।

गुलरिया नगरपालिका–८ बस्ने गोबिन्द थारु पक्राउ परेका छन् । ०७६ साल माघ २४ गते अदालतले लेनदेन मुद्दामा थारुलाई १ वर्ष ६ महिला २६ दिन कैद सजाय तोकेको थियो । त्यसैगरी अर्का फरार मधुवन नगरपालिका–२ रजवारा बस्ने किशोर दर्लामी पक्राउ परेका छन् ।

०७८ साल बैशाख २८ गते अदालतले बहुविवाह मुद्दामा दर्लामीलाई १० महिना २९ दिन कैद सजाय र रु १० हजार जरिवाना तोकेको थियो । प्रहरीले फरार रहेका दुवै जनालाई नियन्त्रणमा लिई सजाय र जरिवाना भुक्तान गर्न आइतबार अदालतमा पेश गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय