शिक्षकलाई स्टिक्स एण्ड स्टोन्स तालिम
बुधबार, असोज ०६, २०७८ मा प्रकाशित

बर्दिया, असोज ६ (फरकसमाचार) / शिक्षक र भोलेन्टिरहरुलाई स्टिक्स एण्ड स्टोन्स टोट तालिम मंगलबार गुलरियामा सम्पन्न भएको छ । शुक्रबार देखि सुरु भएको पाँच दिने तालिम मंगलबार सम्पन्न भएको हो ।

गुलरिया नगरपालिका, मधुवन नगरपालिका र बढैयाताल गाउँपालिका १२ वटा विद्यालयका २१ जना शिक्षक र भोलन्टिरले तालिममा सहभागिता जनाएका थिए । प्लान ईन्टरनेशनल नेपाल र साथी संस्था बाँकेको साझेदारीमा तालिम संचालन भएको थियो । बाल संरक्षण सम्बन्धि तालिममा सहभागि भई थप कुरा सिक्ने अवसर पाएको सहभागी शिक्षकले बताएका थिए ।

तालिममा सहभागि शिक्षकले विद्यालयमा स्ष्ट्रा कक्षामा बाल संरक्षण सम्बन्धि प्रशिक्षण गर्ने छन् । स्ष्ट्रा कक्षामा ८ कक्षा भन्दा माथि कक्षाका विद्यार्थीलाई सहभागि हुने छन् । शिक्षकले स्ष्ट्रा कक्षामा विद्यार्थीलाई आत्म सुरक्षा गर्न सिकाउने छन् ।

‘कोभिड –१९ महामारीमा बालबालिका तथा युवा विरुद्ध हुने यौन शोषण तथा बेचबिखन रोकथाम परियोजना’ अन्तर्गत तालिम संचालन भएको हो ।

प्लान ईन्टरनेशनल नेपालकी कार्यक्रम संयोजक कमला राई र शिवलाल पाण्डेले तालिममा सहजीकरण गरेका थिए । तालिममा सहभागी शिक्षकहरुलाई झोला, पेन ड्राइभ र शैक्षिक सामाग्रीसहित प्रमाण पत्र उपलब्ध गराएको साथी संस्थाका परियोजना अधिकृत कुलराज दहितले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय