सुर्खेतको सिम्तामा बस दुर्घटना हुँदा १२ जना घाइते
बुधबार, असोज ०६, २०७८ मा प्रकाशित

सुर्खेत, असोज ६ । सुर्खेतको सिम्तामा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सिम्ता गाउँपालिका–४ स्थित बजेडी चौरमा बुधबार बिहान साढे १० बजे ना ७ ख ६०६३ नम्बरको बस दुर्घटनामा परेको हो ।

बसमा २४ जना यात्रु सवार रहेकोमा १२ जना घाइते भएको र अन्य १२ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।

उनका अनुसार ४ जना गम्भीर घाइते भएका छन् । केही घाइतेहरुलाई उपाचारको लागि नेपालजगञ्ज पठाइएको छ भने केहीको महेलकुना अस्पतालमा उपचार भइरहेको छ ।

सिम्ताको देउली बजारबाट जामुने आउँदै गर्दा बे्रक फेल भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस सडकबाट करिब १५ मिटर तल खसेको थियो । अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय