बर्दियामा इलेक्ट्रोनिक्स पसलमा चोरी गर्ने मामा भान्जा पक्राउ
बुधबार, असोज ०६, २०७८ मा प्रकाशित

दलबहादुर सुनार
बर्दिया, असोज ६ / मैनापोखर बजारमा इलेक्ट्रोनिक्स पसलमा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बढैयाताल गाउँपालिका– ६ मैनापोखरमा मंगलबार राती कृतिसा इलेक्ट्रोनिक्स पसलमा दुवै जनाले चोरी गरेका हुन् । पसलबाट मोबाईल, रिचार्ज र नगद गरि करिब रु ९२ हजार बराबरको चोरी भएको पसल संचालक केशव बरालले जानकारी दिए ।

ईलाका प्रहरी कार्यलय मैनापोखरका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार चोरीमा संलग्न बाँके जिल्ला डुडुवा गाउँपालिका –७ हिर्मिनियाका ४० वर्षिय मुसा कुरेसी र सुर्खेत जिल्ला बिरेन्द्र नगरपालिका–१० बेलघारीका ३० वर्षिय इस्लाम दिन रहेका छन् । पक्राउ परेका दुवै जना नातामा मामा भान्जा पर्छन् ।

चोरी गर्नका लागि प्रयोग गरिएको सामान र चोरी गरेका ६ वटा मोबाईलसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको निरीक्षक जोशीले जानकारी दिए । यता स्थानीय ब्यापारीहरुको भनाई अनुसार बजार क्षेत्रमा प्रहरीको गस्ती कमि भएकोले चोरी भएको बताएका छन् । व्यापारीहरुले प्रहरी गस्ती बढाउनु पर्ने, बजार क्षेत्रमा सिसि क्यामरा जडान गर्नु पर्नेमा प्रहरी र स्थानीय सरकारको ध्यानाकर्षण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर