बर्दियामा बेवारिसे अवस्थामा कपडा बरामद
बुधबार, असोज ०६, २०७८ मा प्रकाशित

बर्दिया, असोज ६ (फरकसमाचार) / भारतबाट भन्सार छली ल्याई बेवारिसे अवस्थामा राखिएको कपडा प्रहरीले बरामद गरेको छ । प्रहरीले बढैयाताल गाउँपालिका–२ फुटाह स्थितबाट बेवारिसे अवस्थामा कपडा बरामद गरेको हो ।

बरामद कपडाको मुल्य रु ४३ हजार १ सय रहेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले कपडा बरामद गरेको हो ।

बरामद कपडा कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिहर खड्का क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय