बामदेव र प्रधानमन्त्री देउवाको उच्चारण नगरेर अध्यक्ष ओलीले भाषण सिध्याए
बिहिबार, असोज ०७, २०७८ मा प्रकाशित

बर्दिया, असोज ६

एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी ओलीले कटाक्ष गर्ने मध्यमा पर्ने नेता बामदेव गौतम र प्रधानमन्त्री देउवाबारे कुनै टिप्पणी नै नगरी बुधवार बृहत कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् । गुलरियामा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा गौतम र देउवाको नाम नै उल्लेख नगरेर सम्बोधन गरे ।

नेता गौतमको बर्दिया गृह जिल्लामा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा गौतमको टिप्पणी ओलीले गरेनन् । नेपाली काँग्रेसको सरकार जनादेशले नभई परमादेशले सरकार बनेको उल्लेख गर्दै सुखी नेपाली समृद्ध नेपालको नारा सार्थकता पार्न लागेको एमालेको सरकार अपच्य भएर मोर्चाबनाएर परामादेश मार्फत एमालेलाई प्रतिपक्ष बनाएको ओलीले दाबी गरे ।

बिश्वको मुल्याकंनमा दश वटा आर्थीक बृद्धि दरमा नेपाल परेको उनले बताए । ‘हामी पछाडी परेका थियो’उनले भने, ‘हाम्रो सरकारको पालामा लामो समय देखि पछि परेको देशमा विकास भईरहेको थियो ।

’ स्वास्थ्य, शिक्षा, राजगारी र बिपन्नका लागि जनता आवास कार्यक्रमले गरिबको घर बनेको उनले जिकिर गरे । ‘टिन हालेर गरिब बस्तीमा घर बनेको छ’ सम्बोधन गर्ने क्रममा उनले भने । ‘गरिबको घर एमाले सरकारको पालामा बनेका हुन् ।’

नेकपा (एमाले) का अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले नेता बामदेव गौतमको निर्वाचन क्षेत्रमा कार्यकर्तालाई सम्बोधन गरेका छन् । करिव एक घण्टाको सम्बोधनमा जनताको जिवनस्तर उठाउँन, लिम्पियाधुरा, विकासका काम सरकारका पालामा भएका राम्रा काम अपच्य भएर मोर्चा बनाएर अदालत परामादेशले सरकार ढालेको उनले पटक पटक दोहोराए ।

तर, उपाध्यक्ष पदबाट राजीनामा दिएका बामदेवको नाम समेत उच्चारण गरेनन् । हाम्रै पालामा जेष्ठ नागरिकको लागि एक लाख बराबरको स्वास्थ्य विमा घोषणा गरेको बताए । बालवालिका, असाहय, बृद्धबृद्धा लगायत कर्मचारीलाई सरकारकै हुन भनेर सहयोग स्वरुप छुट्याएको रकम कटौति गरेको भन्दै सरकारको आलोचना गरे ।

आयात घटाउँनु, निर्र्यात बढाउँनु, आर्थीक बृद्धि दर बढाउनु, बिदेशिले कामको प्रशंशा गर्नु मेरो नेतृत्वमा रहेको सरकारले राम्रा कामको सुचि भएको बताए ।

अध्यक्ष ओलीले माधवकुमार नेपालका कारण आफ्नो पार्टी सरकारबाट हट्नु परेको बताए । अधिकांश समय उनले शेरबहादुर देउवाको सरकार र उनलाई सहयोग पुरयाउने नेता नेपालप्रति कटाक्ष गरे । प्रचण्ड अस्थिर नेता भएको उनले बताए । कुर्सीमा एक छिन बस्नु भने पनि बस्न नसक्ने अस्थिर नेता भएको भन्दै प्रचण्डलाई व्यग्य गरे ।

अध्यक्ष ओली संविधानसभाको निर्वाचनपछि पहिलो पल्ट बर्दिया आएको हुन् ।

एक कार्यकर्ताका अनुसार पार्टीबाट राजीनामा दिइसकेका बामदेवको नाम नलिएर अध्यक्ष ओलीले भाउ नदिएको सन्देश दिएका छन् । होईन भने उनकै निर्वाचन क्षेत्रमा ओलीले केही त बोल्थे नै, ति कार्यकर्ताले भने ।

उनले बर्तमान सरकारको भूमिकाप्रति टिप्पणी गरे ।

आफूहरुकै दबावमा सरकारले भूमि समस्या आयोग फेरि गठन गरेको भन्दै जग्गा बनाई दिन्छु भन्दै पैसा माग्न विभिन्न व्यक्तिहरु घर पुग्न नसक्ने बताए । १५ महिना कुर्नुस, निर्वाचनपछि हाम्रो सरकार आउँछ । त्यो बेला जग्गा निशुल्क पाउँनु हुनेछ । पैसा नदिनु होला, उनले भने ।स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर