बर्दियामा मामा भान्जा कसरी पुगे चोरी गर्न
बिहिबार, असोज ०७, २०७८ मा प्रकाशित

दलबहादुर सुनार
बर्दिया, असोज ७ / बढैयाताल गाउँ पालिका–६ मैनापोखरको पसलबाट मोवाईल चोरी गरी भागेका आरोपमा मामा भान्जा प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार राती अन्दाजी २ बजेको समयमा केशव बरालको कृतिका ईलेक्ट्रोनिक्स पसलको सटर फुटालेर सामान चोरी गरी भागेका हुन् ।
चोरीमा संलग्न जिल्ला सुर्खेत बिरेन्द्र नगरपालिका–१० बेलघारीका बर्ष ३० का ईस्लाम दिनलाई भाग्दै गरेको अवस्थामा अन्दाजी राती साढे दुई बजेको समयमा प्रहरीले नियन्त्रणमा लिएको र अर्का जिल्ला बाके हिर्मिनियाका ४० बर्षे मुसा कुरेसीलाई बुधवार बिहान भोलागौडीबाट नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए ।

नातामा दुवै जना मामा भान्जा हुन् । दुवैको साथबाट सटर फुटाल्न प्रयोग भएको घरेलु हतियार र चोरी भएको ६ थान मोबाईल नियन्त्रणमा लिई घटनाको बारेमा थप अनुसन्धान भइरहेका प्रहरी निरिक्षक जोशीले जानकारी दिए ।

पसल संचालक केशव बरालले भने घरबेटीले घटनाको बारेमा फोनबाट तरुुन्त जानकारी गराएपछि थाहा भएको भन्दै पसलबाट करिब ९० हजार बराबरको नयाँ मोवाइल ६ जान, बनाउन राखेको पुराना २ थान मोवाईल, नगद रु एक हजार र रिचार्ज कार्ड चोरी भएको जाकारी बताए ।
चोरी भएको सटरमा ठुलो आवाज आएको मध्यरातमा मान्छेका चहल पहल भएको सडक देखि दक्षिण तर्फ घरभएका भोजनाथ अधिकारीले देखे पछि घरबेटी प्रेमराज त्रिपाठीलाई फोन गरेका थिए ।

फोन उठाउदै पसल तिर झर्दै गर्दा २ जना भाग्दै गरेको देखेको र पछि लखेट्दै जाँदा दुवैलाई बुझाएको घरमालिक तथा सारदा बहुमुखि क्याम्सका अध्यक्ष समेत रहेका त्रिपाठीले जानकारी दिए ।

पहिला पनि बजार क्षेत्रमा श्रृंखला बद्धरुपमा चोरीका घटना भएको सुनाउदै एक स्थानियले भने,‘ कोरोनाको माहामारी शुरु भएपछि राति प्रहरी गस्ती कम भएकोले यस्ता चोरीको घटना भएको हो ।’ प्रहरीको रात्री गस्ति नियमित हुने गरेको बताउदै बुधवारको घटनामा प्रहरीको मोवाईल गस्ति गरेर अफिस फर्केको करिब १ घण्टामा घटना घटेको प्रहरी निरीक्षक जोशीले बताए ।

चोरीमा संलग्न मुसा कुरेसी अनुसार २,४ दिन अघि देखि मैनापोखर क्षेत्रमा घुम्दै गरेका थिए । चोरी भएको पसल नजिक दारी काटेर बगलमा भएको मोवाईल पसलमा नजर गयो चोर्ने योजना बनाएको भन्दै सुनसान भएको बेला चोरेको बताए । आफु लागु औषध सेवन कर्ता भएकोले लागु औषध किन्नको लागि चोरीकार्य गरेको उनले स्वीकारे । उनका भान्जा ईस्लामले मामाले म संग हिड भन्नु भयो म मामा संग संगै आएको मामाले सटर फुटालेर भित्र पस्नु भयो मलाई बाहीर हेर भन्नु भयो मामाको कुरा मानेको उनले स्वीकार गरेका छन् ।

स्मणीय होस मैनापोखर बजार क्षेत्र सानो क्षेत्रमा फैलिएको र ईलाका प्रहरी कार्यालय पनि बजार क्षेत्र नजिक रहेका अवस्था हो । प्रहरी कार्यालय नजिक हुदा हुदै पनि बजार क्षेत्रमा चोरीका घटना घट्नु प्रहरीलाई चुनौति भएको एक स्थानियले बताए ।

पहिला पनि पटक पटक श्रृंखला बद्धरुपमा साना ठुला गरि दर्जनौ चोरीका घटना घटेका बताउदै एक ब्यापारीले भने जब जब चोरीका घटना घट्छन् तव तव सबै चनाखो हुन्छन् पछि सेलाउछन् भन्दै बजार क्षेत्रलाई शान्ति सुरक्षा राख्ने हो भने बजार क्षेत्रमा सिसी टिभी क्यामेरा राख्नु पर्ने प्रहरीको गस्तिलाई तिब्र रुपमा परिचालन गर्नु पर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय