चुनवामा होमिएका अधिकांश काँग्रेसी पत्रकार विजयी
शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित

बर्दिया, असोज ८(फरकसमाचार)

नेपाली काँग्रेसको १४औं महाधिवेशनका वडा प्रतिनिधि र वडा समितिमा चयन हुनका लागि मोफसलमा कार्यरत अधिकांश काँग्रेसी पत्रकार चुनावमा उत्रिए । वडा प्रतिनिधि र वडा कमिटिमा आउन पत्रकारलाई चुनावमा प्रतिस्पर्धा गर्न प¥यो । क्षेत्रिय वा वडा प्रतिनिधि चयनका लागि कतिपय वडामा चुनाव भएको छ भने कतिपय वडामा निरविरोध निर्वाचित पनि भएका छन् ।

समग्रमा हेर्दा चुनावमा होमिएका काँग्रेसी पत्रकार वडा प्रतिनिधि र वडा समितिमा पदाधिकारीमा चयन भएका छन् । पत्रकार यमनाथ घिमिरे नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेशका कोषाध्यक्ष हुन् ।

उनी गुलरिया नगरपालिका–११ बाट निरबिरोध वडा प्रतिनिधि चयन भए । यादव आचार्य नेपाल पत्रकार महासंघ जिल्ला शाखाका निर्वाचित अध्यक्ष हुन् । १४औँ अधिवेशनका लागि आचार्य गुलरिया नगरपालिका– ७ मा वडा प्रतिनिधि निर्वाचित भए । मधुवन नगरपालिका–९ बाट कृष्ण भण्डारी वडा प्रतिनिधिमा निरविरोध चयन भए । भण्डारी मोफसलमा संचालित बढैयाताल टुडे दैनिक पत्रिकाका सम्पादक÷प्रकाशकको जिम्मेवारीमा छन् ।

पत्रकार ज्योती पन्थी गुलरिया नगरपालिका–४ मा निरविरोध निर्वाजित भए । निरबिरोध प्रतिनिधि चयनका लागि पन्थीले महत्वपूर्ण भूमिका निभाएको क्रियाशिल सदस्यले सकारात्मक प्रतिक्रिया दिए । नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य दुर्गा आचार्य गुलरिया नगरपालिका– ७ बाट वडा कार्य समितिमा चयन भए । उनी निरविरोध वडा समिति सदस्य चयन भएका पत्रकार हुन् ।

पत्रकार महासंघका सदस्य समेत रहेका स्थानीय नेता सुभाष पोखरेल गुलरिया नगरपालिका– ७ बाट वडा प्रतिनिधि निर्वाचित क्षेत्रिय प्रतिनिधि हुन् । निर्वाचनमा जितेर पत्रकार पोखरेलले वडा प्रतिनिधि हात पारे । गुलरिया नगरपालिका–७ का दिपक श्रेष्ठ वडा प्रतिनिधि हुन् । पत्रकार श्रेष्ठले वडा प्रतिनिधि चयनका लागि चुनाव लडे ।

गुलरिया नगरपालिका–५ बाट निरबिरोध चयन भएका युवराज श्रेष्ठ पूर्व पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष हुन् । श्रेष्ठ नेपाली काँग्रेसको भातृ संगठन प्रेस यूनियन केन्द्रिय उपाध्यक्ष समेत भईसकेका छन् । मधुवन नगरपालिका– ४ बाट श्रीराम सिग्देल महाधिबेशनका लागि वडा प्रतिनिधि चुनिए । सिग्देल पूर्व महासघका अध्यक्ष तथा प्रेस यूनियनका केन्द्रिय पार्षद पटक पटक भईसकेका छन् । गुलरिया नगरपालिका–६ बाट विष्णु अधिकारी निरविरोध चयन भए ।

पत्रकार अधिकारी नेपाल पत्रकार महासंघका सहसचिव पदको जिम्मेवारीमा छन् । गुलरिया नगरपालिका–७ बाट विनयराज भण्डारी निरविरोध चयन भए । भण्डारी प्रेस यूनियनका जिल्ला अध्यक्ष पदको जिम्मेवारीमा छन् ।

जिल्लामा ८ वटा पालिकामा वडा प्रतिनिधि सम्पन्न भईसकेको छ । कतै चुनाव र कतै सर्वसहमति भईरहँदा जिल्ला नै चुनावमय भएको छ । ८ वटा पालिकाका ७५ वडामा वडा प्रतिनिधि र समितिका लागि सर्वसहमति र निर्वाचन सम्पन्न भईसकेको छ ।

वडा प्रतिनिधि र वडा कमिटिको लागि सर्वसहमति र निर्वाचनबाट टुगों लागिसकेको पत्रकार अधिकारी बताए । ‘पालिका र जिल्लाको पदाधिकारी चयन गर्न वडा प्रतिनिधिले पाउँछन्’उनले भने,‘खुला र समावेशीबाट वडा प्रतिनिधि चयन गर्ने व्यबस्था छ ।’

चित वा चयन भएपछि पालिका स्तरिय चुनावको तयारीमा सिंगो नेपाली काँग्रेस लाग्नेछ । नेपाली काँग्रेसको हाबी भएको भन्दै कार्यकर्ता दुखी छन् । फलामे द्ववारको रुपमा रहेको क्षेत्रिय प्रतिनिधि चुनाव चयन नभए अघिका चुनावमा अधिकार खोसिनाले नेतृत्व तहले यस चुनावलाई चासोका साथमा हेरिरहेका छन् ।स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर